काठमाडौँ । ठेकेदार मनोज भेटवाल अस्पताल भर्ना भएका छन् ।
शुक्रबार पक्राउ परेका भेटवाललाई प्रहरीले सोही राति ह्याम्स अस्पतालमा भर्ना गरेको हो । उनी पक्राउ परेलगत्तै अस्पताल भर्ना भएका हुन् ।
बैंकिङ कसुर मुद्दामा पक्राउ परेका उनलाई प्रहरीले सुरूमा वीर अस्पताल लगेको थियो । त्यहाँबाट ह्याम्स अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
अस्पतालले पनि भेटुवाल शुक्रबार भर्ना भएको पुष्टि गरेको छ । क्याबिन नम्बर ८१२ मा राखेर उनको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
ठेकेदार भेटवाल शुक्रबार बिहान पक्राउ परेका थिए ।










