४ श्रावण २०८३, सोमबार
,
Latest
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै सम्सीका महिलाहरू प्रधानमन्त्री शाहले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र सरकारको परराष्ट्र नीतिः भूराजनीतिक जटिलतामा थपिँदै कूटनीतिक शून्यता पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध स्पेनले उपाधि उचालेसंगै सकियो विश्वकपको उत्सव-फोटो फिचर कर्णालीमा हिमालय आँखा अस्पतालको सेवा विस्तार, एक वर्षमा १७ हजारलाई सेवा च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा मनाइयो २२ औँ राष्ट्रिय धान दिवस



अ+ अ-

जनकपुर । जनकपुरधाममा धान रोपाईं कार्यक्रम सञ्चालन गरी २२ औँ राष्ट्रिय धान दिवस मनाइएको छ ।

जनकपुरधामको नेचा पोखरीमा आयोजित मुख्य कार्यक्रम जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहको अगुवाइमा धान दिवस मनाइएको हो ।

कार्यक्रममा मधेस प्रदेश सभा सदस्य रामसरोज यादवसहित स्थानीय जनप्रतिनिधि, किसान र सर्वसाधारणको उपस्थिति रहेको थियो । नगरप्रमुख साहले धानलाई मुलुकको अर्थतन्त्रका लागि आधारभुत बालीको रूपमा चित्रित गर्दै धान उत्पादन वृद्धि र आत्मनिर्भरताका लागि स्थानीय तह सक्रिय रहेको बताउनु भयो ।

साहले कमला सिंचाई आयोजना तत्काल अघि बढाउन संघ सरकारलाई आग्रह गर्दै सिंचाई अभावका कारण उत्पादनमा प्रभाव परेको उल्लेख गर्नुभयो । साथै, धान रोपाइको समयमा मलको अभाव हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै संघ सरकारलाई मल आपूर्ति समयमै सुनिश्चित गर्न आग्रह गर्नुभयो ।

धान दिवसको अवसरमा रोपाइ, खेतमा खेलकुद, परम्परागत गीत–संगीत लगायत कार्यक्रमहरू समेत आयोजना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।