२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई जवाफ दिँदै गायिका समीक्षा अधिकारीले भनिन्, ‘महेश बस्नेतको स्टाटसले विक्षिप्त छु’



अ+ अ-

काठमाडौं । गायिका समीक्षा अधिकारीले नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो चरित्र हत्या हुने गरी फेसबुक स्टाटस लेखेको बताएकी छन् ।

उनले कुनै घटनाबाट आफूलाई चोख्याउने प्रयासमा बस्नेतले यस्तो कार्य गरेको पनि बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले बस्नेतको कार्यले आफू अत्यन्त विक्षिप्त बनेको बताएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको फेसबुक पोस्टले आफूलाई केही हौसला र राहत मिलेको भए पनि प्रधानमन्त्रीकै विश्वासपात्र बस्नेतको पोस्टले भने आफूलाई थप पीडा दिएको अधिकारीको भनाइ छ ।

उनले लेखेकी छन्, “सम्माननीय प्रधानमन्त्रीज्यू, हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो। तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु ।”

गायिका अधिकारीले जनताको अदालतभन्दा ठूलो अरू केही नभएको बताउँदै, आफ्नो जीवनमा जानाजान हारेर पनि कसैलाई जिताएर आएको कुरा तीन करोड जनतालाई थाहा भएको उल्लेख गरेकी छन् । उनले नेता बस्नेतलाई धेरै कुरा भन्न नलगाउनसमेत चेतावनी दिएकी छन् ।

अधिकारीले बस्नेतलाई प्रश्न गर्दै भनेकी छन्, “बस्नेत ज्यूलाई मेरो प्रश्न छ, मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउँथ्यो…..?”