२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो

भेनेजुएलाका राष्ट्रपति मदुरोसँग भेट्ने राष्ट्रपति ट्रम्पको इच्छा, विपक्षी नेता अविश्वसनीय

भेनेजुएलाका राष्ट्रपति मदुरोसँग भेट्ने राष्ट्रपति ट्रम्पको इच्छा, विपक्षी नेता अविश्वसनीय
अ अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोसँग भेटवार्ता गर्ने बारेमा विचार गरिरहेको बताउनु भएको छ । आइतबार प्रकाशित राष्ट्रपति ट्रम्पको अन्तर्वार्तामा उहाँले भेनेजुएलाका विपक्षी नेता पूरै विश्वासिला नभएको संकेत गर्नु भएको छ ।

भेनेजुएलाका विपक्षी नेता हुँवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई हटाएर आफूलाई सन् २०१९ मा मुलुकको राष्ट्रपति घोषणा गरेयता शक्ति संघर्ष चुलिएको छ । विपक्षी दलले भाग नलिएको तथा अन्तर्राष्ट्रिय जगतले पनि चुनावमा धाँधली भएको आरोप लगाए पनि राष्ट्रपति मदुरोले आफू विधिवत निर्वाचित भएको भन्दै राष्ट्रपति पदको दोस्रो कार्यकालको सपथ लिनु भएको थियो ।

संयुक्तराज्य अमेरिका समेत विश्वका झण्डै ६० मुलुकले विपक्षी नेता गुएइदोलाई समर्थन जनाएका छन्, तर चीन र रसियाले भने राष्ट्रपति मदुरोलाई नै मान्यता दिएका छन् । राष्ट्रपति मदुरो विरुद्ध अमेरिकाले विपक्षी नेतालाई समर्थन गरी धेरै किसिमका प्रतिबन्ध एवं नाकाबन्दी लगाएको छ ।

तर विवादकै बीच एक्सियोस न्यूजलाई दिएको अन्तर्वार्तामा आफू भेनेजुएलाका राष्ट्रपतिसँगको भेटवार्ताका लागि खुला रहेको बताउनुभएको छ । 

राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, “मैले त्यसबारेमा सोच्दैछु । मदुरो पनि सायद भेट्न चाहनु हुन्छ । मैले कहिल्यै पनि बैठकका लागि अस्वीकार गरेको छैन ।”

उहाँले अगाडि भन्नुभयो, “मैले जहिल्यै भन्ने गरेको छु, भेटघाटबाट केही नराम्रो हुँदैन ।”

अमेरिका र मदुरोको समाजवादी सरकारबीचको सम्बन्ध गत मे महिनामा ५२ जना शंकास्पद व्यक्तिलाई गिरफ्तार गरिएपछि अझ खराब स्थितिमा पुगेको थियो जसमा दुई जना अवकाशप्राप्त अमेरिकी सैनिक पनि थिए । उनीहरुले अमेरिकी सहयोगमा भेनेजुएलाको सरकार विरुद्ध विभिन्न शंकास्पद गतिविधि गरेको आरोप लागेको छ । 

तर वासिङ्टनले यस दाबीको खण्डन गरेको छ ।

भेनेजुएलाका विपक्षी नेता गुएइदोलाई अमेरिकाले निरन्तर समर्थन गरे पनि अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले पटकपटक गुएइदो त्यति विश्वासयोग्य व्यक्ति नभएको बताउनुभएको एलेक्सीओले लेखेको छ । 

राष्ट्रपति ट्रम्पले भेनेजुएलामा जे भइरहेको छ त्यसको विपक्षमा आफू रहेको बताउँदै गर्दा उहाँले गुएदोका बारेमा भन्नुभयो, “मैले उहाँलाई समर्थन गरेकै हो, तर यो त्यति अर्थपूर्ण कुरा होइन ।”

राष्ट्रपति ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको संस्मरणात्मक पुस्तकका कारण सिर्जना हुने तनाब मत्थर बनाउन ह्वाइट हाउसले प्रयत्न गरिरहेकै समयमा राष्ट्रपति ट्रम्पको अर्को विवादास्पद अन्तर्वार्ता प्रकाशन भएको छ । 

एक्सीओसले बोल्टनकै पुस्तकको एक अंश प्रकाशन गरेको छ जसमा बोल्टनले लेख्नु भएको छ, “ट्रम्पको सोचाईमा मदुरोको तुलनामा विपक्षी नेता गुएइदो निकै कमजोर छन् ।”

बोल्टनका अनुसार राष्ट्रपति ट्रम्पले गुएइदोलाई अमेरिकी राष्ट्रपतिको प्रारम्भिक चुनावमा उठ्नुभएका तर पछि उम्मेदवारी परित्याग गर्नुभएका बेटो ओ–रुकीजस्तै अस्थिर रहेको बताउनु गर्नुभएको थियो ।