२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेढ वर्षका बालकसहित ११ जनाले जिते कोरोना संक्रमण



अ+ अ-

वीरगञ्ज । नेपालमा डेढ वर्षका बालकसहित ११ जनाले कोरोना संक्रमण जितेका छन् । सोमबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालले उनीसहित ११ जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा सखुवाप्रसौनीका डेढ वर्ष र  ३ वर्षका दुई जना बालक र ३० वर्षीया एक जना महिला छन् । उनीहरु तीनै जनामा जेठ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

सखुवाप्रसौनी–२ गुलरियास्थित क्वारेन्टिनमा बस्दा सानो बच्चालाई ज्वरो आएपछि वीरगञ्जमा उनीहरुको पीसीआर टेस्ट गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले भने, ‘तीनै जना आइसोलेसनमा ६ दिनबसेपछि उनीहरुको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेका हौं ।’

त्यस्तै डिस्चार्ज हुनेमा जगरनाथपुर गाउँपालिकाका–६ का २५ वर्षीया एक जना महिला र २० देखि ५५ वर्षका सात जना पुरुष छन् ।