३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेढ वर्षका बालकसहित ११ जनाले जिते कोरोना संक्रमण



अ+ अ-

वीरगञ्ज । नेपालमा डेढ वर्षका बालकसहित ११ जनाले कोरोना संक्रमण जितेका छन् । सोमबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालले उनीसहित ११ जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा सखुवाप्रसौनीका डेढ वर्ष र  ३ वर्षका दुई जना बालक र ३० वर्षीया एक जना महिला छन् । उनीहरु तीनै जनामा जेठ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

सखुवाप्रसौनी–२ गुलरियास्थित क्वारेन्टिनमा बस्दा सानो बच्चालाई ज्वरो आएपछि वीरगञ्जमा उनीहरुको पीसीआर टेस्ट गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले भने, ‘तीनै जना आइसोलेसनमा ६ दिनबसेपछि उनीहरुको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेका हौं ।’

त्यस्तै डिस्चार्ज हुनेमा जगरनाथपुर गाउँपालिकाका–६ का २५ वर्षीया एक जना महिला र २० देखि ५५ वर्षका सात जना पुरुष छन् ।