२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो

डब्लुएचओ नेपाल कार्यालयको अपिल : महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन अनुरोध

डब्लुएचओ नेपाल कार्यालयको अपिल : महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन अनुरोध
अ अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड १९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।  

विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोभिड १९ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गर्नुभएको हो । लकडाउन खुकुलो बनाएसंगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय संञ्चालन भएको तथा एक आपसमा भेटघाट लगायत बढेको भन्दै उहाँले त्यस क्रममा सबैले आ आफ्नो तर्फबाट थप सर्तक हुनु जरुरी रहेको बताउनुभयो । उहाँले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले मानिसहरुको भीडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुन पानीले हात धुन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “लकडाउन हामी सबैका लागि गाहो कुरा  थियो । घर मै बस्नु पर्यो । साथी भाईलाई भेट्न पाईएन । काममा जान पाईएन । अहिले लकडाउन केही हदसम्म खुकुलो भएको छ र हामी वरपर जान पाएका छौ । काममा जान पाएका छौ । नातेदार परिवारहरुलाई भट्न जान पाइरहेका छौ । तर हामीले याद गर्नुपर्ने कुरा के हो भने महामारी अझै पनि गईसकेको छैन । महामारी अझै पनि छ र हामी अझै पनि संक्रमित हुन सक्छौ तसर्थ हामी अलि होसियार हुनु जरुरी छ । हामीले आफैले केही कदमहरु चाल्नु जरुरी छ । ताकी यो संक्रमणलाई नियन्त्रण गर्न सकियोस् । हामीले चाल्न सक्ने कदमहरु भनेको  एक अर्कासंग भौतिक दुरी कायम गर्ने, मास्क लगाउने । कपडा कै भए पनि हुन्छ  । विशेष गरी  धेरै मानिसहरु भएको अवस्थामा अनिवार्य रुपमा मास्क लगाउने  । त्यसैगरी साबुन पानीले बारम्बार हात हुने किनभने संक्रमित व्यक्तिलाई  तपाईले  छुनु भएको छ भने त्यो हातमा सर्छ र तपाईको हातले मुखलाई, नाकलाई छुदाँ  त्यहाँबाट भाइरस तपाईको शरिरमा प्रवेश गर्छ । त्यसैगरी खोक्दा मुख छोप्ने । साथै ज्वरो, खोकी वा कुनै पनि किसिमको विसन्चो भयो भने तुरुन्तै स्वास्थ्यकर्मीलाई देखाउने । यी कुराहरु तपाईहरुले गर्नुभयो भने भाइरस थप फैलिन पाउदैन र भाइरस मर्छ । भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय थियो भने अबको अर्को उपाय भनेको हामीले यी नियमहरु पलना गर्नु नै हो ”