२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो

‘सडक सुरक्षा परिषद’ स्थापना गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन पेश

‘सडक सुरक्षा परिषद’ स्थापना गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन पेश
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिद्धारा गठित ‘सवारी दुर्घटना न्यूनीकरण’ उपसमितिले तयार पारेको प्रतिवेदन समितिमा पेश गरेको छ । 

समितिको सोमबारको बैठकमा उपसमितिका संयोजक सांसद गणेशकुमार पहाडीले सडक दुर्घटना न्यूनीकरणका लागि ‘सडक सुरक्षा परिषद’ स्थापना गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन तयार भएको बताउनुभयो । उहाँले मापदण्ड विपरित बनेका सडक संरचना, सडक अनुशासनको अवहेलना, दक्ष र अनुभवि चालक नहुनु, सवारी चालकमा सवारी नियमको ज्ञान नहुने र कमजोर सवारी साधनका कारण दुर्घटना हुने गरेको पाइएको बताउनुभयो । त्यसका लागि सडक सुरक्षा परिषद स्थापना गरी सवारी साधन दुर्घटना न्यूनिकरणको काम गर्नुपर्ने आवस्यकता रहेको उहाँले बताउनुभयो । प्रतिवेदनमा नेपालमा राष्ट्रिय सडक सुरक्षा परिषद् सन् नब्बेको दशकमै स्थापना भइसकेको तर अहिले पूर्णरुपमा निष्कृय रहेकाले सडक दुर्घटना न्यूनीकरणका लागि कुनैपनि काम हुन नसकेको उल्लेख छ । त्यस्तै बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरणका लागि सरकारी निकायहरुबीच समन्वयको आवस्यकता रहेको संयोजक पहाडीले बताउनुभयो ।

सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित सरकारी निकायबीच समन्वयको अभाव, कार्यक्षेत्रको अस्पस्टता र विद्यमान कानूनमा भएका कमजोरी र भएका कानूनी व्यवस्था एवं सडक सुरक्षा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन हुन नसक्नु पनि सवारी दुर्घटनाको कारण रहेको संयोजक पहाडीले बताउनुभयो । उपसमितिमा सांसद गणेशकुमार पहाडी संयोजक, सदस्यमा सांसदहरु गौरी शंकर चौधरी, दुर्गा पौडेल, यज्ञराज सुनुवार, रंगमती शाही रहनुभएको थियो ।