४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्री भट्टराई बोलिरहँदा अचानक पोर्न भिडियो खुलेपछि…



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘जुम एप’ भर्चुअल बैठकमै एउटा अनौठो घटना घटेको छ। सोमवार बैठकमा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई बोलिरहदा अचानक पोर्न भिडियो खुलेपछि कार्यक्रम स्थगित भएको छ।  

पर्यटनसँग सम्बन्धी सुरक्षा निर्देशिका सार्वजनिक गर्न दिउँसो १ बजे ‘जुम एप’ भर्चुअल बैठक आयोजना गरिएको थियो। मन्त्री बोल्न सुरु गरेको एकछिनमै अश्लिल भिडियोहरु भटाभट देखिन थालेपछि सहभागीहरु अचम्मित गर्दै  मिटिङ 'लिभ' गरेका थिए।

उक्त जुम मिटिङमा देशभरका २ सयजना बढी पर्यटन व्यवसायी, उद्यमी र संचारकर्मी सहभागी थिए। अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो घटना भएको बताइएको छ। 

बोर्डका एक अधिकारीले कसैले ह्‍याक गरेर यस्तो दृश्यहरु देखाइएको हुनसक्‍ने बताउँदै  यसबारेमा छानबिन भइरहेको  जानकारी दिए।