७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

पर्यटनमन्त्री आलेलाई युवा संघको ज्ञापन पत्र

पर्यटनमन्त्री आलेलाई युवा संघको ज्ञापन पत्र
अ+ अ-

काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले सार्वजनिक सम्पत्तिहरुको संरक्षण गर्न माग गर्दै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार युवा संघले मन्त्रालयमा सार्वजनिक सम्पत्तिहरुको दुरुपयोग भएकाले त्यसतर्फ सचेत रहन भन्दै मन्त्री आलेलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै युवासंघ नेपालका केन्द्रिय अध्यक्ष नरेश शाहीले पछिल्लो समयमा नारायणहिटी दरवार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र विकास कोषको धर्मशाला बतास ग्रुपले व्यवसायिक प्रयोजनका लागि दूरुपयोग गरेर स्थायी संरचना बनाइरहेकोले यो स्वीकार्य हुन नसक्ने बताउनु भयो । उहाँले भारतले पशुपति दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुविधाको लागि निर्माण गरेको धर्मशाला व्यवसायिक प्रयोजनको लागि भाडामा दिने कुरा लज्जाको विषय भएको बताउनु भयो । अध्यक्ष शाहीले सरकारी जग्गामा स्थायी संरचना निर्माण गर्न नमिल्ने भएपनि स्थायी संरचना निर्माण गरेर नारायणहिटीका महत्वपूर्ण तथा दूर्लभ सम्पदाहरुको विनाश गरिएको बताउनु भयो ।

अध्यक्ष शाहीले भन्नुभयो, ‘पछिल्लो समयमा नारायणहिटी दरवार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र विकास कोषको धर्मशाला बतास ग्रुपले व्यवसायिक प्रयोजनका लागि दुरुपयोग गरी रहेको विषयमा संघको गम्भीर ध्यानाकर्षण भएको छ । ऐतिहासिक स्थल नारायणहिटीलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो । यो महत्वपूर्ण इतिहास बोकेको क्षेत्र एउटा व्यवसायिक समूहले होटल, रेस्टुरेण्ट सञ्चालन गर्ने कुरा कदापी स्वीकार्य हुन सक्दैन । मित्र राष्ट्र भारतले पशुपतिको दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुविधाको लागि निर्माण गरेको धर्मशाला व्यवसायिक प्रयोजनको लागि भाडामा दिने कुरा लज्जाको विषय हो । सामान्यतः (सरकारी) सार्वजनिक जग्गामा स्थायी संरचना निर्माण गर्न मिल्दैन, तर पनि नारायणहिटी र पशुपति क्षेत्रको उक्त धर्मशालामा स्थायी संरचना निर्माण गर्ने तथा नारायणहिटीका महत्वपूर्ण तथा दुर्लभ सम्पदाहरुको विनाश गरिएको छ । यसर्थ ऐतिहासिक एवं धार्मिक सावैजनिक स्थलहरु दुरुपयोग रोक्न नेपाल सरकारसँग माग गर्दछौँ । ऐतिहासिक स्थल नारायणहिटीको भाडा सम्झौता खारेज गरी सरकारको पूर्ण संरक्षणमा राख्न अनुरोध गर्दै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत भाडामा लगाइएको अन्य सार्वजनिक जग्गाको छानबिन गर्न अनुरोध गर्दछौँ ।’

अध्यक्ष शाहीले ऐतिहासिक एवं धार्मिक सार्वजनिक स्थलहरुको दुरुपयोग रोक्न सरकारसँग माग गर्दै ऐतिहासिक स्थल नारायणहिटीको भाडा सम्झौता खारेज गरी सरकारको पूर्ण संरक्षणमा राख्न र भाडामा लगाइएको अन्य सार्वजनिक जग्गाको छानबिन गर्न पनि आग्रह गर्नुभयो ।