२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा

पर्यटनमन्त्री आलेलाई युवा संघको ज्ञापन पत्र

पर्यटनमन्त्री आलेलाई युवा संघको ज्ञापन पत्र
अ अ+ अ-

काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले सार्वजनिक सम्पत्तिहरुको संरक्षण गर्न माग गर्दै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार युवा संघले मन्त्रालयमा सार्वजनिक सम्पत्तिहरुको दुरुपयोग भएकाले त्यसतर्फ सचेत रहन भन्दै मन्त्री आलेलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै युवासंघ नेपालका केन्द्रिय अध्यक्ष नरेश शाहीले पछिल्लो समयमा नारायणहिटी दरवार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र विकास कोषको धर्मशाला बतास ग्रुपले व्यवसायिक प्रयोजनका लागि दूरुपयोग गरेर स्थायी संरचना बनाइरहेकोले यो स्वीकार्य हुन नसक्ने बताउनु भयो । उहाँले भारतले पशुपति दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुविधाको लागि निर्माण गरेको धर्मशाला व्यवसायिक प्रयोजनको लागि भाडामा दिने कुरा लज्जाको विषय भएको बताउनु भयो । अध्यक्ष शाहीले सरकारी जग्गामा स्थायी संरचना निर्माण गर्न नमिल्ने भएपनि स्थायी संरचना निर्माण गरेर नारायणहिटीका महत्वपूर्ण तथा दूर्लभ सम्पदाहरुको विनाश गरिएको बताउनु भयो ।

अध्यक्ष शाहीले भन्नुभयो, ‘पछिल्लो समयमा नारायणहिटी दरवार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र विकास कोषको धर्मशाला बतास ग्रुपले व्यवसायिक प्रयोजनका लागि दुरुपयोग गरी रहेको विषयमा संघको गम्भीर ध्यानाकर्षण भएको छ । ऐतिहासिक स्थल नारायणहिटीलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो । यो महत्वपूर्ण इतिहास बोकेको क्षेत्र एउटा व्यवसायिक समूहले होटल, रेस्टुरेण्ट सञ्चालन गर्ने कुरा कदापी स्वीकार्य हुन सक्दैन । मित्र राष्ट्र भारतले पशुपतिको दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुविधाको लागि निर्माण गरेको धर्मशाला व्यवसायिक प्रयोजनको लागि भाडामा दिने कुरा लज्जाको विषय हो । सामान्यतः (सरकारी) सार्वजनिक जग्गामा स्थायी संरचना निर्माण गर्न मिल्दैन, तर पनि नारायणहिटी र पशुपति क्षेत्रको उक्त धर्मशालामा स्थायी संरचना निर्माण गर्ने तथा नारायणहिटीका महत्वपूर्ण तथा दुर्लभ सम्पदाहरुको विनाश गरिएको छ । यसर्थ ऐतिहासिक एवं धार्मिक सावैजनिक स्थलहरु दुरुपयोग रोक्न नेपाल सरकारसँग माग गर्दछौँ । ऐतिहासिक स्थल नारायणहिटीको भाडा सम्झौता खारेज गरी सरकारको पूर्ण संरक्षणमा राख्न अनुरोध गर्दै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत भाडामा लगाइएको अन्य सार्वजनिक जग्गाको छानबिन गर्न अनुरोध गर्दछौँ ।’

अध्यक्ष शाहीले ऐतिहासिक एवं धार्मिक सार्वजनिक स्थलहरुको दुरुपयोग रोक्न सरकारसँग माग गर्दै ऐतिहासिक स्थल नारायणहिटीको भाडा सम्झौता खारेज गरी सरकारको पूर्ण संरक्षणमा राख्न र भाडामा लगाइएको अन्य सार्वजनिक जग्गाको छानबिन गर्न पनि आग्रह गर्नुभयो ।