३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङेले दिए विकास समितिको सदस्यबाट राजीनामा



फाईल फोटो
अ+ अ-

पोखरा । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । आइतबार मनाङेले समितिका सभापति दीपक कोइरालालाई राजीनामा बुझाएको उनले बताए ।

क्रसर उद्योग, विकास निर्माणमा अनियमितता सम्बन्धमा आफूले पटक–पटक कुरा उठाए पनि कुनै सुनुवाइ नभएकोले राजीनामा दिएको उनले बताए । 

कास्की र तनहुँको सीमाना कोत्रेमा राजमार्ग नजिकै खोलिएको क्रसर उद्योगको बारेमा समितिको बैठकमा बारम्बार कुरा उठाएको उनले बताए । 

संघीयताको मर्मविपरित् प्रदेशका मन्त्री माथिबाट चुनिएर आउँदा प्रदेश सांसदले मन्त्री चुन्ने आफ्नो अधिकार प्रयोग गर्न नपाएको उनको दाबी छ । ‘नेपालमा संघीयता आएकै छैन,’ उनले भने, ‘चाहिने, नचाहिने मान्छेलाई माथिबाटै मन्त्री र सांसद तोकेर पठाएको छ ।’