२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो

अग्रपंक्तिमा खटिरहेका पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण

अग्रपंक्तिमा खटिरहेका पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण
अ अ+ अ-

काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) महामारीका बीच कार्यक्षेत्रमा खटिने खेलकुद पत्रकारहरुलाई इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का टुर्नामेन्ट डाईरेक्टर दिवाकर महर्जनले सोमबार मास्क र सेनिटाईजर सहयोग गर्नु भएको छ ।

महर्जनकातर्फबाट (आईओएफटीसी) को हेल्पडेक्स नेपाल संयोजक रामचन्द्र ब्यञ्जनकारले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) लाई ५० थान केएन–९५ मास्क र ५० थान सेनिटाईजर हस्तान्तरण गर्नुभएको थियो । कोरोनाको महामारीबीच अग्रपंक्तिमा खटिरहेका पत्रकारहरुको सुरक्षार्थ मास्क र सेनिटाईजर उपलब्ध गराएको आईओएफटीसीका डाईरेक्टर दिवाकार महर्जनले बताउनुभयो ।

‘कोरोनाविरुद्धको युद्ध सामुहिक भावनाले मात्र जित्न सकिन्छ । फ्रन्ट लाईनमा रहेर अहोरात्र खटिने पत्रकारलाई सुरक्षाको लागि सानो सहयोग गरेको हुँ,’ महर्जनले भन्नुभयो । मञ्चका अध्यक्ष सुवेदीले महामारीबीच काममा निरन्तर लागिरहने पत्रकार साथीहरुको लागि प्राप्त सहयोग प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।