२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो

नागरिकता विधेयकमा मण्डले राष्ट्रवादी मानसिकता हाबी रहेकाे जितेन्द्र देवकाे दाबी

नागरिकता विधेयकमा मण्डले राष्ट्रवादी मानसिकता हाबी रहेकाे जितेन्द्र देवकाे दाबी
अ अ+ अ-

काठमाडाैंः नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले ७ वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधानलाई मण्डले राष्ट्रवादी मानसिकताको संज्ञा दिनुभएको छ ।

राष्ट्रियसभा बैठकमा बोल्दै देवले भारतका युपी र विहारसँग वैवाहिक सम्बन्ध तोडेर राष्ट्रियता बलियो हुन्छ भन्ने मानसिकता मण्डले राष्ट्रवादी मानसिकता भएको बताउनुभएको हो । नेकपाको अपरिपक्व निर्णयले मुलुकमा दंगा भड्किन सक्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विहार र यूपीसँगको वैवाहिक सम्बन्ध तोडेर राष्ट्रियता बलियो हुन्छ भन्ने मानसिकता राख्ने ? यो मधेश विरोधी मानसिकता हो । यो मण्डले राष्ट्रवादी मानसिकता हो । यो प्रतिक्रान्तिकारी मानसिकता हो । आग्रह गर्छु यो विषयमा पुर्नविचारमा गर्नुहोस् । भोलि नेकपा एकातिर कांग्रेस र मधेशवादी दलहरुलाई एकता भएर मुलुकलाई दुर्घटनामा लग्ने काम नगर्नुहोस् ।’’

नेकपाको निर्णयले साम्रपदायिक द्वन्द भड्काउने र मुलुकलाई विभाजनतर्फ लैजाने उहाँले बताउनुभयो । अहिलेसम्म दुबै छिमेकी मुलुसँग समदुरीको सिद्धान्त भएपनि भारतसँग विभिन्न कारणले विशेष सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले अहिले नेपालको परराष्ट्र नीति चीनमुखी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘फोरेन पोलिसी एकमुखे भयो । यो मुलुकर्लाइ एउटा छिमेकीतिर लैजादै हुनुहुन्छ । तपाईको पार्टी लागोस हामीलाई भन्नु केही छैन् । नेपाली कांग्रेसर्लाइ भन्नु केही छैन । ५० पटक मिटिङ गर्नुहोस चिनियाँ कम्युनिष्ट पार्टीसँग हामीलाई भन्नु केही छैन् । तर यो राष्ट्र चाँही समदुरीको सिद्धान्तमा जानुपर्छ दुबैसँग मित्रताको सम्बन्ध राख्नुपर्छ । सत्तारुढ पार्टीको कारणले वैदेशिक नीतिमाथि प्रहार हुँदैछ । अब हामी चिनियाँ क्याम्पमा गयौँ भन्ने म्यासेज गएको छ । के यो ठिक भइरहेको छ ? यसले मुलुको लोकतन्त्रर्ला बलियो गर्छ ? यसले आन्तरिक राष्ट्रवादलाई बलियो गर्छ ?’’

युपी र विहारमा मधेशीको सम्बन्ध योजनाबद्ध ढंगले तोड्ने नेकपाको मानसिकता रहेको उहाँले टिप्पणी गर्नुभयो । नेपाल भारतको सम्बन्ध कुनै पार्टीले स्थापना गरेको नभइ यो सताब्दीदेखी संस्कृति र जनताले स्थापना गरेको उहाँले बताउनुभयो । उहाँले भारतलाई कट गरेर चिनियाँ झोलामा नेपाललाई लैजाने नेकपाको निर्णयले भोली राजनीतिक दुर्घटना हुने र सँगै जेल जानुपर्ने अवस्था आउने बताउनुभयो ।

कम्युनिष्ट पार्टीले मुलुकमा आगो लगाएर सामन्तवादीहरुलाई मलजल गर्ने काम भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘‘वीरगञ्जदेखि राजविराजसम्म जुलुस निस्केको छ । कांग्रेसजस्तो पार्टी, मधेशवादी दललाई यसरी हेप्ने ? कांग्रेसलाई हेपेर मधेशी दललाई हेपेर यो मुलुकमा एक्लै सञ्चालन गर्न सम्भव छ त्यो ? राजनीतिक दुर्घटना हुन्छ यो मुलुकमा सहमति नतोड्नुहोस् ।’’

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अंगीकृत नागरिकता सात वर्षपछि मात्रै दिने प्रस्ताव बहुमतले पारित गरेको थियो । जसमा कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीले फरक मत राखेका थिए ।