१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा हजारौँ नागरिकबाट अर्बौं असुली गरिरहेको छ, निष्पक्ष छानविन होस्ः सांसद खतिवडा



अ+ अ-

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौैं रुपैयाँ लिएर बद्मासी गरिरहेको भन्दै निष्पक्ष छानविनको माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौं पैसा लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बद्मासी गर्ने काम भएको बताउनु भयो । केही मानिसहरु यदाकदा संसदमा आएर उफ्रिने काम भएको पनि बताउनु भयो । यसमा निष्पक्ष छानविन गरी कारबाहीको दायरा अघि बढाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आफ्ना कुरा राख्ने, अरु माननीय सदस्यहरुले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया संसदमा जारी छ, यसलाई अन्त्य गर्न अनुरोध गर्न चाहन्छु । सुमिरे टुर एण्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो । विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौं पैसा लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बद्मासी गर्ने काम भएको छ र तिनै मान्छेहरु यदाकदा संसदमा आएर उफ्रिने काम भएको छ, यसमा निष्पक्ष छानविन भएर कारबाहीको दायरा अघि बढोस् ।’

सांसद खतिवडाले आफ्ना कुरा राख्ने, अरु माननीय सदस्यहरुले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया संसदमा जारी रहेको भन्दै यसको अन्त्य गर्न आग्रह गर्नुभयो ।