२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो

खुकुलो लकडाउनमा कसरी बच्ने ?: डा. शरद वन्त, जनस्वास्थ्यविद्

खुकुलो लकडाउनमा कसरी बच्ने ?: डा. शरद वन्त, जनस्वास्थ्यविद्
अ अ+ अ-

चरणवद्ध रूपमा खुल्नुपर्ने लकडाउन एकैपटक खोलिएको छ । रेस्टुरेन्ट, मल र अन्य पसल जबरजस्ती खुलेका छन् । लकडाउन खुल्नु भनेको हामी संक्रमणमुक्त भयौं भन्ने अर्थमा बुझिएको छ । यो गलत बुझाइ हो, संक्रमणको जोखिम घटेको छैन बरु बढेको हो । सर्वसाधारण संक्रमण छैन जसरी हिँडिरहेका छन् । जनस्वास्थ्यको हिसाबले यो चिन्ताको विषय हो । यसले समुदायमा संक्रमण बढाइदिन्छ ।

लकडाउन भनेकै संक्रमणसँग कसरी बाँच्ने भनेर सिक्ने अवधि थियो । लकडाउन खुकुलो भयो तर सर्वसाधारणले सिकेको जस्तो देखिएन । सम्बन्धित निकायले पनि सही निर्देशन दिन जानेनन् कि ? संक्रमणको जोखिम टरेको छैन त्यसैले भौतिक दूरी कामय गरे घरबाहिर हिँड्नुपर्छ । अनिवार्य रूपमा मास्क लगाउनुपर्छ । व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । लकडाउनमा मात्रै होइन, कोभिड–१९ संक्रमण वर्षौंसम्म रहन सक्ने भएकाले अब यस्तै जीवनशैली अपनाउनुपर्छ ।