१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको छोङकिङमा क्यान्टिनमा विस्फोट, २० जनाभन्दा बढी फसेको आशङ्का



अ+ अ-

एजेन्सी । चीनको दक्षिण पश्चिमी वुलोङ जिल्लास्थित छोङकिङ नगरपालिकामा रहेको सरकारी कार्यालयको क्यान्टिनमा शुक्रबार मध्याह्न विस्फोट भएपछि २० जनाभन्दा बढी मानिस फसेका अनुमान गरिएको छ ।

गत दिउसो १२ः१० मा ग्यास लिक भएपछि विस्फोट भएको र विष्फोटबाट भवनको तला भत्किँदा कम्तीमा २० जना त्यसभित्र फसेको नगरपालिका स्रोतले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोट हुँदा मानिसहरू क्यान्टिनमा खाजा खाइरहेका थिए ।

घाइतेमध्ये धेरैलाई उपचारका लागि तत्काल अस्पताल पु¥्याइएको र समाचार तयार पार्दासम्म उद्धारकार्य चलिरहेको छ ।

चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले उद्धार कार्यलाई अनुगमन गर्न विज्ञसहितको एउटा टोली पठाएको छ ।   आकस्मिक व्यवस्थापन मन्त्री हुआङ मिङले स्थितिको तत्काल निरीक्षण गर्न, घटनापछि फसेका पीडितको एकीन सङ्ख्या पत्ता लगाउन, दुर्घटनाको कारण पत्ता लगाउन र यस्ता दुर्घटनाफेरि हुन नदिन निर्देशन दिनुभएको छ ।

स्थानीय अग्नि नियन्त्रण तथा उद्धार विभागले उक्त स्थानमा २६० जना व्यावसायिक सदस्य र ५० वटा उद्धार यन्त्र पठाएको बताएको छ । मन्त्रालयका अनुसार २० वटा क्रेन र उत्खननका लागि साधनस्रोतले सुसज्जित ६० जना व्यावसायिक व्यक्तिलाई लगिएको छ ।