३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती



अ+ अ-

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ । गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको सशस्त्र प्रहरी एक महिनापछि नेपाल–चीन सीमा स्तम्भमा पुगेको हो ।

छाङ्गरुमा सशस्त्र प्रहरीको २५ जनाको टोली रहेको छ । सो टोलीले पहिलो पटक सीमा पिलरसम्म गस्ती बढाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर दार्चुलाका प्रहरी नायब उपरीक्षक दीपक विष्टले जानकारी दिए । सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वको टोलीले १ नम्बर पिलरसम्म गस्ती गरेको हो ।

यही असार ३ गते प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले समेत व्यासको छाङ्गरु बीओपीको निरीक्षण भ्रमण गरेका थिए ।