२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाबाट २५९ नेपाली स्वदेश फर्किंदै



अ+ अ-

काठमाडौं । अष्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ उडान हुने भएको छ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपाली अष्ट्रेलियाबाट नेपाल फर्किन लागेका हुन् ।

नेपाल एयरलाइन्सको विमान सिड्नीबाट स्थानीय समयअनुसार १ बजे नेपालका लागि उड्ने छ । सो विमानमा लकडाउनका कारण चार महिनादेखि अलपत्र परेका नेपालीहहरु आउने छन् । उनीहरु आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया गएका अभिभावकहरु भएको बताइएको छ ।

उक्र विमानमा न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरु पनि आउने बताइएको छ । उनीहरु आजै बिहान न्यूजिल्याण्डबाट अष्ट्रेलिया पुगेका छन् ।

हवाई यात्रु सबैको पीसीआर परीक्षण गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैले उनीहरुलाई नेपाल पुगेपछि होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टिनमा पठाइने दूतावास स्रोतले बताएको छ ।