३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाबाट २५९ नेपाली स्वदेश फर्किंदै



अ+ अ-

काठमाडौं । अष्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ उडान हुने भएको छ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपाली अष्ट्रेलियाबाट नेपाल फर्किन लागेका हुन् ।

नेपाल एयरलाइन्सको विमान सिड्नीबाट स्थानीय समयअनुसार १ बजे नेपालका लागि उड्ने छ । सो विमानमा लकडाउनका कारण चार महिनादेखि अलपत्र परेका नेपालीहहरु आउने छन् । उनीहरु आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया गएका अभिभावकहरु भएको बताइएको छ ।

उक्र विमानमा न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरु पनि आउने बताइएको छ । उनीहरु आजै बिहान न्यूजिल्याण्डबाट अष्ट्रेलिया पुगेका छन् ।

हवाई यात्रु सबैको पीसीआर परीक्षण गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैले उनीहरुलाई नेपाल पुगेपछि होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टिनमा पठाइने दूतावास स्रोतले बताएको छ ।