काठमाडौँ । पुरानो बसपार्कस्थित ‘काठमाडौँ भ्यू टावर’को ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् ।
बैङ्किङ कसुरको आरोपमा उनलाई अनामनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएपछि अनुसन्धानका लागि पक्राउ गरिएको ती अधिकृतले बताए ।
भेटवाल यसअघि पनि चेक बाउन्स र विभिन्न घोटालाका मुद्दामा पक्राउ परेका थिए ।










