२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो

१३ लाख श्रमिकमध्ये १ लाख २७ हजार बढी स्वदेश फर्किने तयारी

१३ लाख श्रमिकमध्ये १ लाख २७ हजार बढी स्वदेश फर्किने तयारी
अ अ+ अ-

काठमाडौं । खाडी मुलुकहरुमा रोजगारीका लागि गएका करिब १३ लाख श्रमिकमध्ये १ लाख २७ हजार बढी अन्तर्राष्ट्रिय उडान खुल्ने लगत्तै स्वदेश फर्किने तयारीमा रहेका छन् । 

सरकारले कोरोनाका कारण अफ्ठ्यारोमा परेकाहरुलाई स्वदेश ल्याइरहेको भएपनि श्रम स्वीकृति सकिएका र आममाफी पाएका १ लाख २७ हजार बढी स्वदेश फर्किने तयारीमा रहेका हुन् । वैदेशिक रोजगार विभागका कार्यकारी निर्देशक राजन श्रेष्ठले मलेसिया, कतार, साउदी अरेबिया, युएई, कुवेत, बहराइन लगायतका देशमा १२ हजार ८७ हजार ८ सय बढी श्रमिक रहेकोमा १ लाख २७ हजार अन्तर्राष्ट्रिय उडान खुले लगत्तै स्वदेश फर्किन सक्ने बताउनुभयो । सरकारले करिब ४५ हजारलाई चार्डड उडान मार्फत ल्याइरहेको भएपनि १ लाख २७ हजार श्रमिक आममाफी पाएर र श्रमअवधि सकिएर फर्किने लाइनमा रहेको उहाँले बताउनुभयो ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा निर्देशक श्रेष्ठले वि.स. २०५० सालदेखि चालुआर्थिक वर्षको फागुन मसान्तसम्म ५४ लाख ९६ हजार ४ सय ६० जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क रहेको बताउनुभयो । जसमा २ लाख ३७ हजार ९ सय ६१ जना महिला रहेका छन् । अहिले १४ लाख ८७ हजारको हाराहारीमा श्रमिकहरु विभिन्न देशमा कार्यरत रहेको उहाँले बताउनुभयो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशबाट आउन सिफारिसमा परेका मध्ये ४ हजार २ सय १७ जनालाई सरकारले नेपाल ल्याइसकेको बताउनुभयो । जसमा २ हजार ७ सय ४२ जनालाई प्रदेशमा पठाइएको छ । लक डाउनको अवधिमा विभिन्न देशमा ३ सय १८ जनाको निधन भएकोमा १ सय १४ जनाको परिवारले उतै अन्तेष्टि गर्न अनुमति दिएको बताउनुभयो । अहिलेसम्म ४० वटा शव नेपाल आइपुगेको र अझै १ सय ६४ वटा शव ल्याउन बाँकी रहेको उहाँले बताउनुभयो ।

समितिले नेपालमा काम गर्ने विदेशी कामदारहरुले श्रम स्वीकृति लिए÷नलिएको विषयमा अनुगमन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । अनुगमनमा स्वीकृति नलिएको पाइए तत्काल कारवाही गर्न पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । समिति बैठकमा सांसदहरुले श्रमिकहरुलाई ल्याउने सम्बन्धमा सर्वोच्चले दिएको आदेशको पालना भए÷नभएको बारेमा चासो राखेका थिए । नेपाल फर्किने नागरिकहरुको रोजगारी व्यवस्थापनका विषयमा पनि मन्त्रालयले गरिरहेका कामका विषयमा चासो राखेका थिए ।