२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो

हजमा सीमित व्यक्तिमात्र सहभागी हुने साउदी सरकारको भनाई

हजमा सीमित व्यक्तिमात्र सहभागी हुने साउदी सरकारको भनाई
साउदी अरबको मक्का मदिना
अ अ+ अ-

काठमाडौं । साउदी सरकारले यस पटक अत्यन्तै थोरै संख्यामा उपस्थित मानिसहरुलाई हजका लागि उपस्थित हुन दिने जनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण यस पटक साउदी अरेबियाको सरकारले हजका लागि थोरै व्यक्तिलाई मात्र उपस्थित हुन दिने जनाएको छ । 

आगामी जुलाई महिनाको अन्त्यतिर आउन लागेको सो हजमा कोरोना भाइरसको प्रकोप फैलिने खतराका कारण धेरै संख्यामा मानिस जम्मा हुन नदिने घोषणा गरेको मङ्गलबार अल जाजिरा मिडियाले जनाएको छ । 

साउदी अरेबियामा हरेक वर्ष विश्वका मुस्लिम समुदायका लाखौँ व्यक्ति उपस्थित हुने गरेको छन् । यस पटक पनि हजको समय नजिकिँदै गर्दा आएको विश्वव्यापी चासोपछि उक्त साउदी अरेबियाली सरकारले यस्तो जानकारी गराएको हो । 

साउदी अरेबियाको हज मन्त्रालयले सो कुराको जानकारी दिएको साउदी अरेबियाका सरकारी मिडियाले जानकारी दिएका अल जाजिराले मङगलबार जनाएको समाचारमा उल्लेख छ । अहिले विश्वव्यापी रुपमा कोरोना भाइरसको प्रकोप बढेको तर पनि त्यसको औषधि या खोप केही पनि नआएको अहिलेको अवस्थामा सामाजिक दुरी कायम गरेर मात्र हिँड्नु पर्ने अवस्था रहेको छ । 

तर साउदी अरेबियामा लाखौँको संख्यामा विश्वका मुस्लिम समुदायका नागरिक आउने गरेका र उनीहरुकाबीचमा यस्तो सामाजिक दुरी पनि कायम गर्न गाह्रो पर्ने भएकोले यहाँको सरकारले यस्तो निर्णय गरेको बताइएको छ । 
हज मुस्लिम समुदायको ठूलो तीर्थ मानिन्छ र मुस्लिम समुदायका विश्वका नागरिकहरु पनि कम्तीमा जीवनमा एक पटक हजका लागि त्यहाँ जानुपर्छ भन्ने मान्यता राख्दछन् । यसै कारणले पनि हरेक वर्ष साउदी अरेबियाको मक्कामा कम्तीमा पनि २० लाख मानिस उपस्थित हुने गर्दछन् । 

त्यस अवसरमा विश्वका विभिन्न देशबाट पनि मुस्लिम समुदायमा नागरिक त्यहाँ पुग्ने गर्दछन् । त्यसैले यति ठूलो संख्याका मानिस उपस्थित हुँदा त्यसबाट पनि कारोना भाइरस फैलिन सक्ने भन्दै साउदी अरेबियाको सरकारले सो नियम बनाएको बताएको छ ।    

साउदी अरेबियामा पनि ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । त्यहाँ कम्तीमा पनि १ लाख ६० हजार मानिस यसका संक्रमित छन् । साथै यहाँका एक हजार ३०७ जना मानिसको यो संक्रमणबाट ज्यान गएको छ । मध्यपूर्वी देशहरुमध्ये साउदी अरेबियामा सबैभन्दा बढी नागरिकको ज्यान गएको छ । 

यहाँ पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको पनि देखिएको छ । जसका कारण यहाँको सरकारले पनि निकै कडा पारेको छ । यस वर्षको हजका अवसरमा यहीँका नागरिक पनि थोरै संख्यामा मात्र उपस्थित हुने र विदेशबाट पनि थोरै मात्र मानिसलाई प्रवेशाज्ञा दिने भएको बताइएको हो ।

इन्डोनेसियाले यसवर्ष २ लाख २१ हजार जनालाई हजका लागि पठाउने बताएको थियो । तर कोरोना भाइरसको प्रकोपमा सो देश पनि परेकोले यस वर्ष त्यहाँबाट कोही पनि हजका लागि मक्का नपुग्ने जानकारी गराएको छ ।