२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो

धेरै सरिताहरुलाई तत्काल नागरिकता दिएर मन्त्री बनाउन सकिँदैन : विडारी

धेरै सरिताहरुलाई तत्काल नागरिकता दिएर मन्त्री बनाउन सकिँदैन : विडारी
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री बनाउने मेलोमा सरकार नभएको बताउनुभएको छ । 

राष्ट्रियसभाको विशेष समयमा बोल्दै विडारीले नेपाली नागरिकसँग विवाह गर्न कुनै रोकटाेक नभए पनि धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने मेलोमा सरकार नभएको बताउनुभयो ।

‘‘विदेशीसँग विवाह गर्न पाइन्छ । के को भारतसँग मात्रै होइन, क्यानडा गएर गर्नु त्यो पनि नेपालले दिन्छ । अमेरिका गएर गर्नु त्यो पनि नेपालले दिन्छ । अब हामी धेरै सरिताहरु चाँडै अंगीकृत बनाएर देशमा मन्त्री बनाउने सांसद बनाउने मेलोमा छैनौँ । यति कुरा ढुक्क सँग जान्नु है ।’’

कांग्रेस सांसद जितेन्द्र नारायण देवलाई संकेत गर्दै उहाँले भन्नुभयो, ‘‘दक्षिण एसियामा कुनै पनि देश छैन निःशर्त ड्याम्म ब्या गर्यो, ठ्याप्प नागरिक भयो, ठयाक्क सांसद भयो, ट्याक्क मन्त्री भयो यस्तो छैन दक्षिण एसियामै छैन् । उहाँ चाँही पृथ्वीभन्दा बाहिरको मान्छे हो त ?’’

बैठकमा कांग्रेस सांसद देवले दिएको अभिव्यक्तिको खण्डन गर्दै जनतालाई भ्रममा पार्ने गरी झुठा र वेइमानी कुरा नगर्न आग्रह समेत गर्नुभएको छ । सांसद देवतर्फ संकेत गर्दै चीनको झोलामा नेपाललाई पार्ने कुरा बोल्ने तपाई कुन देशको झोले हो भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘भारतको सम्बन्ध बिगार्ने चीनको झोलामा पर्ने आदी कुरा सदनमा बोल्ने कुरा हो ? यदि कसैले बोल्यो भने तपाई कुन देशको झोले हो भन्यो के गर्ने ? तपाईले कतापट्टि बोल्नु भयो भने के भन्ने ?’’

भारतीय नागरिकलाई मात्रै लागु हुनेगरी सरकारले ऐन नबनाएको उहाँले प्रष्ट पार्नुभयो । विवाह गर्न कसैलाई रोकतोक नभएको उल्लेख गर्दै उहाँले यो प्रावधान भारतीय नागरिकलाई मात्रै लागु हुने कुरा नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘भारतीय नागरिकलाई मात्रै लागु हुने गरी सदनले ऐन बनाएको हो ? यहि हो उहाँको कुरा ? संसारभरबाट नेपालका ठिटाहरुले विदेशका ठिटीहरु विवाह गर्छन्, त्यो छुट छ । कसैलाई रोकटाेक छैन । त्यसकारणले यो भारतीलाई नागरिकलाई लागु हुने कुरा होइन् । विगतका वितरण गरिएका नागरिकताका विषयमा पनि यो ऐन बनाएको होइन् । विश्वका सार्वभौम राष्ट्रले नागरिकता सम्बन्धी आफ्नै प्रकारको नीति ल्याउँछ । हाम्रो देश सार्वभौम सत्ता होइन भन्ने लाग्यो की कसैलाई ?’’

विगतमा भएको व्यवस्थालाई परिवर्तन गरिएको भन्दै विपक्षी दलहरुले गरेको विरोधको पनि उहाँले खण्डन गर्नुभएको छ । विगतका सबै कुराहरुलाई निरन्तरता दिने भए पञ्चायत शासन, राणा शासन किन बदल्या ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

सरकारले वास्तकविक मधेशी जनताको उत्थानका लागि नागरिकता विधेयक ल्याइएको बताउनुभयो । ‘‘मधेशका नारीलाई होच्याएर विदेशबाट विवाह गर्दै फटाफाट नेता बनाएर मन्त्री बनाएर हिड्ने ? अब वंशज मधेशी नारीहरु उनीहरुको संरक्षण गर्ने ? अब वंशज मधेशीहरुको संरक्षण गर्ने चिन्ता त्यहाँको नेतालाई छैन्  । ती त मन्त्री हुन आएका मन्छे हुन्छन् मधेशको हित गर्दैनन् । यताउती चाकडी गर्छन् । मन्त्री रिटायर हुन्छ । खुरुक्क घर जान्छन् त्यसैले मधेशमा विकास हुन सकेन् । ’’

विदेशी बुहारीसँग कि डराएको भन्दै नारा लगाउनले हाम्रा छोरीहरुलाई भारतले किन हेपेको, किन दासी बनाएको भन्दै किन नारा लगाउँदैनन भन्दै प्रश्न गर्नुभयो । छोरी ज्वाईलाई दिने हो की सांसद र मन्त्री बनाउन दिने हो ? उहाँले प्रश्न गर्नुभयो ।