२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो

कोरोना भाइरसबाट विश्वमा चार लाख ७४ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वमा चार लाख ७४ हजारभन्दा बढीको मृत्यु
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ५०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९१ लाख ९४ हजार ९६० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 

नेपाली समयानुसार मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका  ४९ लाख ४१ हजार ७४६  जना निको भएका छन्।

हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३७ लाख ७८ हजार ३११ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ९१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २३ लाख ८८ हजार २२५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख २२ हजार ६११ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १८ लाख १७ हजार ३२२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ७२ हजार ६२९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २७ लाख ७४ हजार ८६४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५६ हजार २२३ जनाको मृत्यु भएको छ । 

युरोपमा २३ लाख  २७ हजार  ७२३ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८७ हजार ९५४ को मृत्यु भएको छ ।     एसियामा १९ लाख ४६ हजार ३७९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४९ हजार १८७ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा  ३ लाख १८ हजार ३२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने  ८ हजार ३७१ जनाको मृत्यु भएको छ ।  ओसियानामा  ९ हजार ११५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।