२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोस्टमा खराब कमेन्ट गर्नेलाई धमाधम सार्वजनिक गर्दै गायिका



अ+ अ-

काठमाडौँ । युवापुस्ताका चर्चित गायिकाहरु एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा नकरात्मक कमेन्ट गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल नै सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।

उनीहरूले आफ्नो आत्मसम्मानमा ठेस पुर्‍याउने तथा अभद्र र छुद्र शब्दहरू प्रयोग गरेर कमेन्ट गर्ने प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका हुन् ।

गायिका चौहानले प्रतिक्रियाको अत्याचार सहन नसकेर सार्वजनिक रुपमै ल्याएको र अब कानुनी प्रक्रियामा जाने तयारीसमेत रहेको एक भिडियो पोस्टमार्फत जानकारी दिएकी छन् ।

उनले बुधबार फेसबुकमा लेखेकी थिइन्, ‘कमेन्टको अत्याचार धेरै भयो । अब पालैपालो पोस्ट गर्छु ।’

यसरी सामाजिक सञ्जालबाटै खुलेआम सार्वजनिक गरिदिएपछि कतिपय प्रयोगकर्ताले भने चौहान र अधिकारीसँग माफी समेत मागेका छन् ।

माफी मागेको पनि उनीहरूले सामाजिक सञ्जालबाटै जानकारी गराएका छन् । कतिपयले गायिकाहरुको समर्थनमा प्रतिक्रिया दिएका छन् भने कतिपयले यसप्रकारको कार्यलाई सुहाउँदो नभएको टिप्पणी पनि गरेका छन् ।

यसरी आफूलाई आएको अभद्र गाली सार्वजनिक गरेका यी दुई गायिकाहरुमात्र नौला होइनन् । यसअघि अभिनेत्री ऋचा शर्मा, टिकटकर तथा मोडल प्रिन्सी–प्रिज्मा खतिवडाले पनि आफूलाई आएको अभद्र गालीसहितको स्क्रिनसट फेसबुकमा सार्वजनिक गरेका थिए ।