१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोस्टमा खराब कमेन्ट गर्नेलाई धमाधम सार्वजनिक गर्दै गायिका



अ+ अ-

काठमाडौँ । युवापुस्ताका चर्चित गायिकाहरु एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा नकरात्मक कमेन्ट गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल नै सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।

उनीहरूले आफ्नो आत्मसम्मानमा ठेस पुर्‍याउने तथा अभद्र र छुद्र शब्दहरू प्रयोग गरेर कमेन्ट गर्ने प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका हुन् ।

गायिका चौहानले प्रतिक्रियाको अत्याचार सहन नसकेर सार्वजनिक रुपमै ल्याएको र अब कानुनी प्रक्रियामा जाने तयारीसमेत रहेको एक भिडियो पोस्टमार्फत जानकारी दिएकी छन् ।

उनले बुधबार फेसबुकमा लेखेकी थिइन्, ‘कमेन्टको अत्याचार धेरै भयो । अब पालैपालो पोस्ट गर्छु ।’

यसरी सामाजिक सञ्जालबाटै खुलेआम सार्वजनिक गरिदिएपछि कतिपय प्रयोगकर्ताले भने चौहान र अधिकारीसँग माफी समेत मागेका छन् ।

माफी मागेको पनि उनीहरूले सामाजिक सञ्जालबाटै जानकारी गराएका छन् । कतिपयले गायिकाहरुको समर्थनमा प्रतिक्रिया दिएका छन् भने कतिपयले यसप्रकारको कार्यलाई सुहाउँदो नभएको टिप्पणी पनि गरेका छन् ।

यसरी आफूलाई आएको अभद्र गाली सार्वजनिक गरेका यी दुई गायिकाहरुमात्र नौला होइनन् । यसअघि अभिनेत्री ऋचा शर्मा, टिकटकर तथा मोडल प्रिन्सी–प्रिज्मा खतिवडाले पनि आफूलाई आएको अभद्र गालीसहितको स्क्रिनसट फेसबुकमा सार्वजनिक गरेका थिए ।