२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो

निजामती सेवा विधेयक, नेकपा सचिवालयलाई जिम्मा लगाउँदै मन्त्री पन्छिए

निजामती सेवा विधेयक, नेकपा सचिवालयलाई जिम्मा लगाउँदै मन्त्री पन्छिए
अ अ+ अ-

काठमाडौं । संघीय निजामति सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि कुनै विवाद भए पार्टीको पदाधिकारी वा सचिवालय बैठकमा छलफल गरी निर्णय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले सांसदहरुलाई सुझाव दिनुभएको छ । 

संघीय संसद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा छलफलमा भाग लिई मन्त्रालयको धारणा राखिसकेपछि विधेयकमाथि कुरा नमिले नेपाली कांग्रेसले पदाधिकारी बैठक र नेकपाले सचिवालय बैठक गरेर टुङ्ग्याउन सुझाव दिनुभएको छ ।

नागरिकता विधेयक सम्बन्धमा रहेको विवाद नेकपाले सचिवालय बैठक र कांग्रेसले पदाधिकारी बैठकबाट निर्णय गरी टुंगो लगाएर परमपरा सुरुवात गरिसकेकाले यो विधेयकमा पनि कुरा नमिलेमा त्यहिंबाट समाधान खोज्न आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो ‘एउटा अन्तिममा राखिहालौं नभए समितिले एउटा परम्परा निर्वाह पनि गरिसकेको के छ भने साह्रै कुरा मिलेन भने नेपाली कांग्रेसले पदाधिकारी बैठक र नेकपाले सचिवालय बैठक गरेर पनि टुंग्याउन सक्ने एउटा परम्परा सुरु गरिसकेको हुनाले त्यो पनि एउटा वैकल्पिक बाटो देखिन्छ ।’

तर बैठकले विधेयकमाथिको छलफल सम्पन्न गरी आजै निर्णय गर्न थालेपछि भने मन्त्री त्रिपाठी ले नै थप समय माग गरी निर्णय गर्न दिनुभएन । समिति सभापति शशि श्रेष्ठले आजै निर्णय गरेर अगाडि बढ्ने बताएपछि मन्त्री त्रिपाठीले यहि अधिवेशनबाट पारित गर्नेमा आफ्नो कुनै दुईमत नभएको तर आजै निर्णय गरेर अगाडि बढ्न नसकिने बताउनुभएको थियो । 

समितिका अन्य सांसदहरुले पनि अझै केही दिन समय माग गरेपछि सभापति श्रेष्ठले समितिलाई अनिर्णयको विन्दु बनाउन नहुनेमा सचेत गराउनुभएको थियो । उहाँले आफु सभापतिको हैसियतमा सबैको कुरा समन्वय गर्न खोजेको तर टुंगिएको सबै विषयमा निर्णय गर्न फेरी थप समय माग्नु गलत हुने बताउनुभयो । उहाँले अझैपनि केही असमझदारी भए थप छलफल गरेर स्पस्टसँग राख्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो ‘यसलाई ढिलो नगरौं अब हामीले छिटो लैजाऔं चाहिं भन्दै गर्ने तर व्यवहारमा ढिलो ढिलो हुने कामहरु ग-यौं । त्यसो नगरौं भन्ने मात्रै मेरो आग्रह हो । होइन नगरौं अब अर्कै अधिवेशनमा लैजाऔं भनेपनि मेरो भन्नु केही छैन । यसलाई छिटो लैजाऔं ढिलो गर्नु हुँदैन ।’

यद्यपी छलफलका क्रममा मन्त्री त्रिपाठीले स्थानीय तहमा जाने कर्मचारीहरुको वृत्ति विकासमा बाधा हुँदा लोकसेवा पास गरेका व्यक्तिले समेत नियुक्ति नलिएको बताउनुभएको छ । स्थानीय तहमा रहने कर्मचारीको वृत्ति विकासमा बाधा हुँदा लोकसेवा पास गर्ने व्यक्तिहरुले समेत नियुक्तिपत्र लिन नमानेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘स्थानीय तहको लागि लोकसेवा जाँच भइसकेपछि जाँच पास गरेका नौ जनाले नियुक्ति पत्र लिएनन् । जसमा पाँच जना अधिकृत थिए र ४ जना इन्जिनियर । उहाँहरुसँग व्यक्तिगत पनि मैले कुरा गर्दाखेरी मान्छेको एउटा सपना हुन्छ लोकसेवा पास गरेपछि लोकसेवा पास गर्ने एउटा उद्देश्य नै हुन्छ र त्यति हुँदा पनि यहाँहरुले पास पनि गर्नुभयो उत्तीर्ण पनि गर्नुभयो । सबै भयो नियुक्ति पत्र किन लिनुभएन भन्दाखेरी स्थानीय तहमा गएपछि वहाँले के भन्नुभयो भने हामीलाई सल्लाह हाम्रा आफन्त अग्रजहरुले के दिए भने यहि कोर्स जुन पास गरेका छौ तिमीहरु यहि कोर्स त तिमीहरुले संघको पनि पास गरिहाल्छौ नि कोर्स त एउटै हो । अनि किन तिमिहरु स्थानीय तहमा जीवन बर्बाद गर्छौ । मैले भन्न खोजेको यो विषय किन हो भने अरुल कति लिए थाहा छैन तर मैले जीवनमा सबैभन्दा गम्भीर विषयको रुपमा लिएको छु । लोकसेवा पास गरेर पनि व्यक्ति उत्तीर्ण भएर पनि नियुक्ति पत्र यदि लिँदैन भने कहिं न कहिं केही त गडबड छ । कहिं न कहिं वृति विकास रोकिएको छ कहिं न कहिं हामी सिस्टमलाई एक ढंगले राखेका छौं । भन्ने कुराहरुले गर्दा त्यसलाई कुरा उठाइराखेको छु कि हामीले स्थानीय तहको कर्मचारीको व्यवस्थापन गर्न खोजिराखेका छौं यो ऐनद्धारा यसलाई मध्यनजर राखेर गर्न जरुरी छ ।’

मन्त्री त्रिपाठीले विधेयकमा समावेसीको सन्दर्भमा ४५ प्रतिशतको व्यवस्थालाई यथावत राख्ने, प्रदेश सचिव र प्रमुख सचिवको विषयमा संघको हुने तथा प्रमुख प्रशासकिय अधिकृत प्रदेश सरकरको हुने गरी व्यवस्था गरिएको बताउनुभयो । तर प्रदेश सचिव संघीय सरकारले एकमुस्ट रुपमा पठाउने र मुख्य मन्त्रीको कार्यालयले खटनपटन गर्ने विषयमा मन्त्रालय स्पस्ट रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘प्रदेश सचिव र प्रमुख सचिवको विषयमा संघको हुन्छन र प्रदेश सचिव पनि संघकै रहने सरकारको स्पस्ट धारणा छ । प्रमुख प्रशासकिय अधिकृत प्रदेश सरकारको हुने कुरा हो । प्रदेशमा पठाउँदाखेरी मन्त्रालयगत संघले पठाउने होइन कि एकमुस्ट कति चाहिन्छ त्यो एकैचोटि मूख्यमन्त्री कार्यालयमा पठाइदिने र मुख्यमन्त्री कर्यालयले नै प्रत्येक मन्त्रालयमा सचिवको खटनपटन गर्ने भन्ने हाम्रो स्पस्ट धारणा छ ।’

बैठकमा सांसदहरुले मूल ऐन नबन्दाखेरी प्रदेश र स्थानीय तहले कर्मचारी व्यवस्थापनका सम्बन्धमा काम गर्न नसकेको बताएका थिए ।