२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै विरोध प्रदर्शन, हेरौं यी तस्वीरहरु

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै विरोध प्रदर्शन, हेरौं यी तस्वीरहरु
अ अ+ अ-

काठमाडौं । एमसीसी सम्झौता खारेज गर्न माग गर्दै मंगलबार पनि विरोध प्रदर्शन भएको छ ।

एघार वटा साना कम्युनिष्ट दलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै काठमाडौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन । उनीहरुले एमसीसी देशकालागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै प्रदर्शन गरेका हुन् । 

एमसीसी सम्झौता किन राष्ट्रघाती भन्दै विभिन्न कारणहरु लेखिएका ब्यानरहरु लिएर प्रदर्शनकारीहरु सडकमा उभिएका थिए ।  

अमेरिकी सैन्य केन्द्रीय मुकाम पेन्टागनको योजना अनुसार हिन्द प्रान्तीय रणनीतिको अभिन्न अंग भएकाले, नेपालको पानी प्रयोग गरी उत्पादन गरिएको बिजुली अन्य देशमा बेच्ने भएकाले, नेपाल सरकारले एमसीसीलाई चित्त बुझ्ने योजना तयार पारी पठाउनु पर्ने र त्यस्तो योजना भारतको सरकारले समर्थन गर्नुपर्ने भएकाले, चीनलाई फौजी रुपमा घेरा हाल्न नेपालमा सैन्य अखडा खडा गर्ने भएकाले, अमेरिकी सरकारले चाहेमा जुनसुकै बेला पनि यो सम्झौता रद्द गर्न सक्ने लगायतका कारणहरु लेखिएका ब्यानरहरु लिएर सडकमा उभिएका थिए । 

त्यस्तै ‘युएसए गो ब्याक’, ‘एमसीसी चाहिदैन देश बेच्न पाइदैन’, ‘रिजेक्ट एमसीसी’, ‘नो एमसीसी’ लेखिएका पम्पप्लेटहरु लिएर प्रदर्शनकारीहरु सडकमा बसेका थिए । प्रदर्शनमा बालबालिकालाई समेत प्रयोग गरेको देखिएको छ ।