२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो

रामदेवकाे ‘कोरोनिल’ले काेराेनाका बिरामीलाई निको पार्ला ? भारतले लगायाे प्रतिबन्ध

रामदेवकाे ‘कोरोनिल’ले काेराेनाका बिरामीलाई निको पार्ला ? भारतले लगायाे प्रतिबन्ध
अ अ+ अ-

नयाँदिल्लीः भारतीय योगगुरु रामदेवले आयुर्वेदिक औषधीले कोरोनाको उपचार गर्ने दाबी गरेपछि अहिले सर्वाधिक चर्चामा छन् । पतञ्जली योगपीठले तयार गरेकाे कोरोनिल नामक औषधी उनले मंगलबार सार्वजनिक गरेका छन् ।

भारतीय अखबार टाइम्स अफ इन्डियाकाे अनलाइन संस्करणमा रामदेवकाे भनाइ उद्धृत गर्दै कोरोनिलमा गिलोय, तुलसी र अश्वगन्धा छ जसले शरीरको प्रतिरोध क्षमता बढाउने कुरा लेखेकाे छ । यस औषधीले अन्य गम्भीर बिरामीबाट बचाउने दाबी गरिएको छ ।

रामदेवको दाबी अनुसार कोरोनिलको क्लिनिकल केस स्टडीमा २८० बिरामीलाई सामेल गरिएको थियो । १०० जनामाथि यसको क्लिनिकल ट्रायल गरिएको थियो । यो औषधी दिइएको ३ दिनपछि ६९ प्रतिशत बिरामी पोजेटिभबाट नेगेटिभ भएका थिए भने ७ दिनभित्र शतप्रतिशत बिरामी निको भएका थिए । यसमा मृत्युदर शुन्य प्रतिशत रहेको थियो ।

रामदेवले शुभारम्भ गरेको कोरोनाकिटमा कोरोनिलको साथै श्वासारी बढी र अणु तेल पनि सामेल छ । रामदेवका अनुसार तीनैको एक साथ प्रयोग गर्ने हो भने कोरोनाको संक्रमण खत्तम हुनेछ । र, यसले अन्य बिमारीबाट पनि बचाउनेछ ।

रामदेवका अनुसार शरीरमा अक्सिजनको कमी हुँदा श्वासरीले फाइदा गर्छ । यसले रुघा र खोकीबाट एकैपटक लड्न मद्दत र्गछ । अणुतेललाई नाकमा हाल्नुपर्नेछ । यसले कोरोनाबाट मानिसलाई बचाउने दाबी गरिएको छ ।

तर भारत सरकारका कुनै पनि निकायले काेराेनिललाइ अचूक औषधिका रूपमा मान्यता दिइसकेका छैनन् । पछिल्लाे समय आयुर्वेदका औषधि पनि शरीरकाे प्रतिराेधी क्षमता बढाउन उपयुक्त हुने भनाइ सार्वजनिक भइरहेकाले काेराेनिल पनि त्यही समूहकाे हाे कि भन्ने शंका छ । 

भारत सरकारद्वारा प्रतिबन्ध

भारतकाे स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले काेराेनिलकाे प्रचार प्रसार गर्न र बिक्री वितरणमा राेक लगाएकाे छ । यसकाे विश्वसनीयता परीक्षण हुन बाँकी रहेकाे भन्दै मन्त्रालयले रामदेवकाे कम्पनी पतन्जली ग्रुपलाइ काेराेनिलकाे विस्तृत विवरण मन्त्रालयमा उपलब्ध गराउन निर्देश गरेकाे छ । मन्त्रालयले याे नयाँ भाइरस रहेकाे र यसकाे औषधि एवं खाेप निर्माण गर्न विश्वभरका वैज्ञानिक लागिपरेकाले मन्त्रालय पतन्जलीकाे दाबीमा विश्वस्त हुन सकेकाे छैन ।

(अपडेट गरिएकाे समाचार)