२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी कमिटी बैठक सुरू, यस्ता छन् एजेन्डा



अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरू भएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरू भएको हो ।

केही बेरअघि सुरू भएको बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले धारणा राख्दैछन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा सरकारका कामबारे पनि समीक्षा गर्दै सीमा समस्या र समाधानबारे पनि छलफलका एजेन्डा राखिएका छन्।

पार्टी एकता र बाँकी काम, एमसिसी परियोजनालगायत एजेन्डामा बुधबारको स्थायी कमिटी बैठकमा छलफल हुने थापाले बताए।