२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने अनुदानमात्रै लिनुपर्छः जनार्दन शर्मा



अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नीतिगत हस्तक्षेपबाट मुक्त भएर लगानी गर्नसक्ने अनुदानमात्रै लिनुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नीतिगत हस्तक्षेपबाट मुक्त भएर लगानी गर्नसक्ने अनुदानमात्रै सरकारले लिनु उचित हुने बताउनुभएको हो । उहाँले नेपालले पैसामा लगानी गर्ने नभइ नीतिमा लगानी गर्ने गरेको बताउनु भयो । सरकारले लिएका बढी अनुदानहरु नीतिगत हस्तक्षेपको रुपमा आउने गरेकाले नेपालले भनेअनुसार विकास गर्न नसकेको जिकिर गर्नुभयो ।

आफूले भनेअनुसार लगानी गर्न नपाउँदा देशको आवश्यकताअनुसार चल्न नसकिएको बताउनु भयो । राष्ट्रियता, सार्वभौमिकताको प्रश्नमा तलमाथि नहुने गरीको सहायता स्वीकार गर्न जरुरी रहेको उहाँको भनाइ छ । दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने कुराहरु मात्रै स्वीकार गर्न आवश्यक रहेको बताउनु भयो ।

पूर्वअर्थमन्त्री शर्माले भन्नुभयो, ‘हाम्रो लगानी पैसामा होइन, नीतिमा हुँदो रहेछ । नीतिगत हस्तक्षेपको रुपमा आउँदो रहेछ । हामी स्वतन्त्रै छैनौँ । हामीले भनेअनुसार लगानी गर्न पाउने कुरा होइन रहेछ । के हो त्यो भनेअनुसार गर्नुपर्ने । हाम्रो देशको आवश्यकतामा हामीले हाम्रो देशको अर्थतन्त्रलाई रक्षा गर्न केही निर्णय ग¥यो भने यति दबाब, यति हस्तक्षेप, नीतिगत हस्तक्षेपबाट मुक्त स्वतन्त्र ढंगले लगानी गर्नसक्ने फण्ड लिने हो हामीले । तर सबै कुरा बाँधिएका छन् । नीतिगत यस्ता विषय छन् जसले हामीलाई आफ्नो भएको कुरा पनि प्रयोग गर्न नसक्ने अवस्थामा पु¥याउने कुराबाट मुक्त हुनुपर्छ । हाम्रो राष्ट्रियता, सार्वभौमिकताको प्रश्नमा तलमाथि नहुने गरीको सहायता हामीले स्वीकार गर्ने हो । नीतिगत रुपले भन्दा दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने कुराहरु हामीले लिने हो ।’

पूर्वअर्थमन्त्री शर्माले आफ्नो ढंगले सञ्चालन गर्न नसक्ने, नपाउने र नेपालको अवस्थालाई सुधार गर्ने भन्दा त्यही ऋणमा परेर अझ समस्यामा पर्ने हो भने ति कुराहरु आवश्यक नरहेको बताउनु भयो । नेपालको लगानी जरामा नभइ पातमा भइरहेको जिकिर गर्नुभयो ।