१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघले सडकमा जलायो त्रिवि उपकुलपतिको कुर्सी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति कुर्सी जलाएका छन्। बुधबार दिउँसो विभिन्न माग लिएर त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यालयमा पुगेका नेविसंघ कार्यकर्ताले कुर्सी जलाएका हुन्। 
 
उपकुलपतिको कार्यपक्षबाट कुर्सी बाहिर लगेर त्रिवि हाताभित्रको सडकमा नेविसंघले जलाएका हुन्। नेविसंघका पदाधिकारीका अनुसार त्रिविले विद्यार्थी प्रतिनिधिविनै सिनेट बैठक आयोजना गरेकोमा विरोध गरिएको थियो। 

अनलाइन कक्षालाई प्रभावकारी बनाउन नसकेर प्रचारबाजी मात्रै गरेकोमा नेविसंघले फरक मत राखे पनि उपकुलपतिले माग सुन्न नचाहेकोले आक्रोशित विद्यार्थीले कुर्सी जलाएको पदाधिकारीले बताए। 

विश्वविद्यालयले विभिन्न पदमा नियुक्ति गर्दा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्तालाई भर्ती गरेकोमा बुधबार विज्ञप्ति निकालेर नेविसंघले विरोध गरेको थियो।