२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता

वीरगन्ज महानगरको बजेट तीन अर्ब ८६ करोड ५१ लाख ९० हजार

वीरगन्ज महानगरको बजेट  तीन अर्ब ८६ करोड ५१ लाख ९० हजार
अ अ+ अ-

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि रु तीन अर्ब ८६ करोड ५१ लाख ९० हजार तीन सय ३५ को आयव्यय प्रस्तुत गर्दै आज सातौँ नगरसभा सम्पन्न गरेको छ । 

प्रस्तुत बजेटमा चालूतर्फ रु एक अर्ब ६२ करोड ६९ लाख १८ हजार, पूँजीगततर्फ दुई अर्ब १७ करोड ४६ लाख ७२ हजार र वित्तीय व्यवस्थातर्फ रु ६ करोड ३६ लाख खर्च हुने अनुमान गरिएको छ । कूल खर्चमध्ये आर्थिक विकासतर्फ २५ करोड ९५ लाख २५ हजार, सामाजिक विकासतर्फ ८७ करोड ७७ लाख ३६ हजार, पूर्वाधार विकासतर्फ एक अर्ब ७७ करोड ६ लाख १२ हजार, सुशासन तथा अन्तरसम्बन्धी – वन, वातावरण तथा विपत्समेततर्फ रु २३ करोड ७५ लाख १६ हजार र कार्यालयतर्फ रु ७१ करोड ९८ लाख एक हजार व्ययको अनुमान प्रस्तुत गरिएको छ । 

सो बजेटमा आगामी वर्ष सञ्चालन हुने आयोजनामा ‘आरयुडिपी’ तथा ‘एसटिआइयुइआइपी’ तर्फ रु एक अर्ब चार करोड ४७ लाख ५७ हजार, वडास्तरीय योजनाहरुमा रु २४ करोड ७० लाख, म्याचिङ फन्डमा १६ करोड ७७ लाख २५ हजार, लक्षित कार्यक्रमतर्फ दुई करोड ३४ लाख र तराईमधेश समृद्धि कार्यक्रमतर्फ रु ३० लाख रहेको छ । सडक बोर्ड कार्यक्रमतर्फ एक करोड, रोजगार कार्यक्रमतर्फ ४० लाख, बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ २० लाख, सामाजिक सुरक्षा भत्तातर्फ रु ४५ करोड, वडा भवनतर्फ रु तीन करोड, उज्यालो वीरगन्ज कार्यक्रमतर्फ १२ करोड ८१ लाख, शैक्षिक विकासतर्फ ६२ करोड ६४ लाख, स्वास्थ्यतर्फ १४ करोड ६८ लाख ८० हजार, कृषि विकासतर्फ ८३ लाख, पशुसेवा विकासतर्फ ४३ लाख तथा जनसहभागितामा आधारित कार्यक्रमतर्फ तीन करोडको बजेट व्यवस्थापन गरिएको छ । 

वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले प्रस्तुत गर्नुभएको सो बजेटमा आगामी वर्षको अनुमान गरिएको खर्च व्यर्होने स्रोतमध्ये सङ्घीय सरकारको वित्तीय समानीकरण रु ४२ करोड ८८ लाख, राजश्व बाँडफाँट रु २१ करोड १२ लाख, सशर्त अनुदानतर्फ रु ७५ करोड १६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।   

यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण रु एक करोड १६ लाख २० हजार, सशर्त अनुदानतर्फ तीन करोड, राजश्व बाँडफाँटतर्फ सवारीसाधन रु तीन करोड १४ लाख चार हजार, घरजग्गा रजिष्ट्रेशनतर्फ रु १५ करोड, नगरविकास अनुदानतर्फ एक अर्ब तीन करोड ५६ लाख ५१ हजार, नगरविकास ऋणतर्फ ९१ लाख ६ हजार, सडक बोर्डतर्फ एक करोड, युनिसेफतर्फ ४५ लाख प्राप्त हुने अनुमान गरिएको छ । 

यसैगरी नगद मौज्दाततर्फ रु ३० करोड १८ लाख १८ हजार र आन्तरिक आयतर्फ रु ५९ करोड ७५ लाखको अनुमान गरिएको छ । 
नगरप्रमुख विजयकुमार सरावगीको सभापतित्वमा सम्पन्न भएको उक्त नगरसभाको उदघाट्न गर्दै प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले कोरोना भाइरसको सङ्क्रमणका कारण विकास निर्माणले गति लिन नसकेको बेला स्थानीय निकायले सबैभन्दा बढी स्वास्थ्य क्षेत्रको विकासमा लगानी गर्नुपर्ने  बताउनुभयो ।