२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बैंकले दिने सहुलियतऋण सहायताका लागि सम्झौतापत्रमा हस्ताक्षर



अ+ अ-

काठमाडौं । विश्व बैंकले दिने करिब १२ अर्ब रुपैयाँ बराबरको सहुलियतऋण सहायताका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

उर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुसलता अभिवृद्धिक लागि विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्था आइडीएले दिने १२ अर्ब रुपैयाँ सहुलियतऋण सहायताका लागि हस्ताक्षर भएको हो । नेपालका तर्फबाट अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र बैंकका देशीय निर्देशक फारिस हाजाडजेर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

कोरोना संकट विरुद्ध लड्न र विद्युत क्षेत्रका लागि विश्व बैंकले ऋण सहयोग गरेको हो । प्राप्त ऋण सहायताले नेपालमा भरपर्दो र दिगो विद्युतले गरिबी न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । विश्व बैंकले डेभलभमेन्ट पोलिसी क्रेडिट अन्तरर्गत नेपाललाई सहयोग गर्दै आएको छ ।