२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा थप २ जनामा कोरोना पुष्टि



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

बुधबार नियमित पत्रकार सम्मेलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं र भक्तपुरका १/१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा १ जना पुरुष र भक्तपुरमा १ जना महिलामा संक्रमण देखिएको हो ।

आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६ सय २९ थप जनामा कोरोना पोजिटिभ देखिएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।