२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता

राईको उपचारमा बोहोराको सहयोग

राईको उपचारमा बोहोराको सहयोग
अ अ+ अ-

काठमाडौं । नेपाल स्पेन कोस्टाब्लान्का समाजले एपीएफ क्लबका पूर्व खेलाडी तथा महिला टिमका प्रशिक्षक नर कुमार राईको छोरीको उपचारका लागि ४० हजार नगद सहयोग गरेका छन्।

कोस्टाब्लान्का समाजका अगुवा तथा एथलेटिक्सका पुर्व राष्टिय खेलाडी अक्कल बहादुर बोहोराको पहलमा संकलन भएको उक्त रकम नेपाल खेलकुद पत्रकार मञ्च मार्फत बुधवार हस्तान्तरण गरिएको हो। मञ्चका अध्यक्ष देबेन्द्र सुवेदीले प्रशिक्षक नरकुमार राईलाई बुधवार रकम हस्तान्तर गरेका हुन्।  उनकी ११ वर्षिया छोरी कसुमी राईलाई ब्लड क्यान्सर रोगले पीडित छिन् र हाल उनी महाराजगञ्जस्थित कान्ति बाल हस्पिटलमा उपचाररत छिन्।

एपीएफबाट खेल्ने म्याराथन धावक अक्कल बहादुर बोहोराले यसअघि पनि समस्यामा परेका थुप्रै नेपालीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन्।
उनको सहयोगका लागि कोस्टाब्लान्का समाजका सदस्यहरु बोहोरा अलावा कोइराला, सुरज बानियाँ, सुवास सापकोटा, बिपिन वुढाथोकी, शिव नेपाल, दिनेश सापकोटा, नवराज दुवाडी, सन्तोष अर्याल, एकबहादुर भट्ट, प्रकाश तिवारी रहेका छन्।    

प्रशिक्षक राईले सहयोग गर्ने नेपाल स्पेन कोस्टाब्लान्का समाजलाई धन्यवाद दिएका छन्। उनले हालसम्म छोरीको उपचार १४ लाख रुपैंया खर्च भइसकेको र पुर्ण रुपमा ठिक गर्न अझै रकम अभाव भएको बताएका छन्। उनले आर्थिक अवस्था कमजोर रहेको कारण छोरीको उपचामा सहयोग गरिदिन सबैसमक्ष अपिल गरेका छन् ।

’नरे दाई’ को नामले चर्चित राई २०६२ साल देखी २०६८ सालसम्म एपिएफबाट खेलेका हुन्। राइट डिफेन्सबाट खेल्ने राइको पालामा एपिएफले पाँचौ स्थान सम्म उक्लिन सफल भएको थियो। खेलाडी जीवनमा सकृय छदै उनले २०६४ सालबाट महिला टिमको प्रशिक्षकको जिम्मेवारी पाएका थिए। २०७३ साल रिटायर्ड हुँदासम्म उनले महिला फुटबलको जिम्मेवारी सम्हाले।

अहिलेका चर्चित खेलाडीहरु सावित्रा भण्डारी, अनिता बस्नेत, रेणुका नगरकोटी, मनमाया लिम्बू, अनिता केसी, मञ्जली योञ्जन, एञ्जिला तुम्बापो जस्ता खेलाडीहरु राईको प्रशिक्षणमा हुर्केका हुन्। जागिरे जीवनपछि पैसा कमाउन राई बहराईन गएका थिए । त्यहाँ २१ महिना काम गरिरहंदा छोरीलाई क्यान्सर भएपछि उनी फर्किएका छन् ।