२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता

अमेरिकी राष्ट्रपतिको कडा आदेश, डिभी, ग्रीनकार्ड लगायत सबै बन्द

अमेरिकी राष्ट्रपतिको कडा आदेश, डिभी, ग्रीनकार्ड लगायत सबै बन्द
अ अ+ अ-

क्यालिफोर्निया (अमेरिका): संयुक्त राज्य अमेरिकामा आप्रबासी सम्बन्धी व्यवस्थामा ठूलो परिवर्तन गरिएको छ । अबको यो नयाँ व्यवस्थाले डिभी परेर अमेरिका आउने तयारीमा रहेका तथा पारिवारिक एवम् रोजगारीमा आधारित ग्रीनकार्ड प्राप्त गर्ने लाइनमा बसेकाहरू नराम्ररी प्रभावित हुनेछन् । योसँगै अमेरिकामा बस्नको लागि शरण माग गर्नसक्ने नीति (एसाइलम सिस्टम) मा समेत गरिएको व्यापक परिवर्तले आगामी दिनहरू आप्रबासीका लागि थप चुनौतीपूर्ण बन्नसक्ने अमेरिकी कानुनका ज्ञताहरूले उल्लेख गरेका छन् ।

नयाँ नीतिअनुसार अमेरिका प्रवेश गरेर यहाँ आधिकारिक रूपमा बस्नका लागि शरण माग गर्दै पेश गरिएका एसाइलम आवेदनलाई सिधै खारेज गर्नसक्नेदेखि कानुनसंगत ढंगले काम गर्नका लागि आवश्यक पर्ने वर्कपरमिट समेत नदिनेसम्मका कडा व्यवस्थासहित अमेरिकन सिटिजन् तथा अध्यागमन सेवा (युएससिआइएस) सम्बन्धी यसअघि अपनाउदै आइएका कयौं नीति तथा व्यवस्थामा फेरबदल गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्बन्धी जारी गरेका कार्यकारी आदेशलाई आजबाट कार्यान्वयनको तहमा लगिएको छ । अबको नयाँ नीतिका कारण जुनसुकै माध्यमबाट अमेरिका प्रवेश गर्ने प्रयासमा रहेका मात्रै नभए अमेरिकाभित्रै बसोबास गरिरहेका आप्रबासीहरूलाई समेत कानुनी हैसियत प्राप्त गर्न निकै जटिल हुने क्यालिफोर्नियास्थित एक अमेरिकन कानुन व्यावसायीले बताए ।

यस किसिमको व्यवस्थाबाट थुप्रै नेपालीहरू समेत प्रभावित हुने अवस्था सिर्जना भएको अधिवक्ताको रूपमा काम गरिरहेका यहाँका नेपाली कानुन व्यावसायीहरूको समेत धारणा रहेको छ । अमेरिकामा नेपालीहरूको संख्या एकिन नभएपनि विभिन्न माध्यबाट आएर बसोबास गर्ने नेपालीहरू झण्डै ३ लाख बढी रहेको नाम उल्लेख नगर्ने सर्तमा एनआरएनएका एक सदस्यले बताए ।

काेराेनाकाे कहर यथावत

यता विश्वव्यापी रूपमा फैलिएको नोवेल कोरोना भाइरसको सक्रमणका कारण संयुक्त राज्य अमेरिकामा संसारकै सवैभन्दा धेरै मानिसको मृत्यु भएको छ । कोभिड-१९ सम्बन्धी आधिकारिक रूपमा तथ्यांक सार्वजनिक गर्दैआएको न्युजब्रेकका अनुसार अहिलेसम्म अमेरिकामा मर्नेको संख्या १ लाख २३ हजार नाघेको छ । गत जनवरीमा पहिलो चोटी कोरोना भाइरसको संक्रमण देखिएयता अमेरिकामा हालसम्म २४ लाख बढी मानिसमा संक्रमण देखिएको छ । ७ लाख बढी कोरोना संक्रमित विरामीहरू ठिक भइसकेका छन् ।

अहिलेसम्म अमेरिकामा करीव ३ करोड मानिसको कोभिड-१९ सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।

कोरोना भाइरसको सक्रमणबाट अमेरिकामा हालसम्म १६ जना नेपालीको मृत्यु भइसकेको छ । प्रवासमा रहेका नेपालीहरू मध्ये कोरोना प्रभावितको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ । यहाँ संक्रमित नेपालीहरूको संख्या २ हजारको हाराहारीमा रहेको बताइएको छ । यसबीचमा लामो समय झापास्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा बसेर अमेरिका आएका नेपालीमुलका केही भुटानी नागरिकको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ भने थुप्रै व्यक्ति संक्रमित भएका छन् ।

मृत्युदरमा कमी

यसैबीच अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा भने पछिल्ला दिनहरूमा केही कमी आइरहेको छ । न्युजब्रेकका अनुसार कोभिड-१९ को संक्रमणका कारण क्यालिफोर्नियाको स्थानीय समय अनुसार आज बुधबार बिहान ४ बजेसम्म २४ घण्टाको अवधिमा करीव ९ सय मानिसको मृत्यु भएको छ भने ३५ हजार बढी नयाँ संक्रमित फेला परेका छन् । कोरोना संक्रमणबाट हिजो यहॉ झण्डै ३ सयले ज्यान गुमाएका थिए । अघिल्लो दिन मृत्यु हुनेको संख्या ७ सय माथि रहेको थियो । कोरोना संक्रमितको संख्या दैनिकजसो प्रायगरेर २५/३० हजारको हाराहारीमा रहेतापनि मृतकको संख्यामा भने ह्रास आएको छ ।

यता कोरोना महामारीका कारण रोकिएका केही सरकारी कामकारवाहीहरू पुन: सुरू भएका छन् भने शैक्षिक संस्थानवाहेक आर्थिक तथा व्यापार व्यावसाय लगायत अन्य सार्वजनिक क्षेत्रहरू समेत चरणबद्ध रूपमा खुल्ला गर्दै लगिएको छ । ठूलो मात्रामा मानवीय तथा आर्थिक नोक्सानी व्यहोरिरहेको अमेरिकाको कोभिड-१९ संगको अन्तरिक लडाई लामो समयसम्म रहने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउदै आएका छन् । ५० वटै राज्यमा फैलिएको कोभिड-१९ को नियन्त्रणको क्रममा यहॉ अहिलेसम्म मानवीय क्रियाकलाप नै ठप्प हुनेखालको कडा किसिमको लकडाउन भने गरिएको छैन । (गणेश थापाकाे फेसबुक वालबाट)