३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिसन ०८४ लाई गन्तव्य बनाएर अघि बढ्न अध्यक्ष ओलीको निर्देशन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ लाई गन्तव्य बनाएर अघि बढ्न निर्देशन दिनुभएको छ ।

सोमवार ललितपुरमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रिय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले युवा संगठनलाई योजनावद्ध ढंगले मिसन ०८४ मा लाग्न निर्देशन दिनुभएको हो । उहाँले संगठनको युवाको हक हित, रोजगारीका कुराहरुका साथसाथै मिसन ०८४ लाई प्रमुख लक्ष्य बनाएर अघि बढ्नुपर्ने बताउनु भयो । मिसन ०८४ भुल्न नहुने बताउँदै यसका लागि एकीकृत हुनु जरुरी रहेको बताउनु भयो । कुनै प्रकारको विकृत कुराबाट विचलित नहुन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘योजनावद्ध ढंगले अघि बढ्नुस् । मिसन ०८४ हामी सबैको मुख्य कुरा हो । तपाईंहरुको आफ्नो संगठनको कुरा छ । युवाको हक हित, रोजगारीको कुरा भयो । यावत कुराहरु होलान् । एन्टरनिपनरसिपका कुराहरु होलान् । थुप्रै कुराहरु होलान् । ति सबै गर्दै गर्दा हामीले फेरि मिसन ०८४ भुल्यौँ भने सबै कुरा भुल्छौँ । मिसन ०८४ भुल्न हुँदैन । मिसन ०८४ मा केन्द्रित भएर अघि बढौँ । यही आग्रह गर्न चाहन्छु । यसका लागि युनिटको आवश्यक छ । युनिटी पार्टी र आन्दोलनभित्र चाहिन्छ । कुनै प्रकारको विकृत कुराबाट हामी कोही पनि विचलित हुँदैनौँ भन्ने हाम्रो पार्टीको मुख्य कुरा हो ।’

अध्यक्ष ओलीले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरु असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरु विश्वमा युवाहरुले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आह्वान गर्नुभयो ।