२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै धेरै बजेट पर्छ, अरूलाई अवहेलना गरिन्छः राप्रपा महामन्त्री राणा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै धेरै बजेट परेको बताउनुभएको छ ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकपछि नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको व्यवस्थाको कारणले नै ४/५ जना मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा बढी बजेट परेको र अरूलाई अवहेलना गरेको जिकिर गर्नुभयो ।

उहाँले सरकारले बजेट पारिदिए पनि चाहेको जति विनियोजन हुन नसकेको बताउनुभयो । उहाँले सरकार र सत्तापक्षमै भएका सांसदहरूले असन्तुष्टि प्रकट गरेको बताउँदै आफूहरूको क्षेत्रमा केही मात्रामा मात्रै बजेट पर्ने गरेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “बजेट त परेको छ तर सरकार र सत्तापक्षमै भएका सांसदहरूले असन्तुष्टि प्रकट गरिराख्नुभएको छ । हामी त प्रतिपक्षी प¥यौ । यो दुई तीन वर्षदेखि बजेटको लागि दौडिएको दौडै हो । केही मात्रामा पारिदिन्छन् । तर, उल्लेखनीय रूपमा भएको छैन । यो व्यवस्थाले नै यस्तो पारेको छ कि, ४५ जना मुख्य मुख्य नेताहरूकै निर्वाचन क्षेत्रमा धेरै बजेट पर्ने हो र अरूलाई अवहेलना गरेको पाएका छौँ । बजेट परेको छ तर चाहेको जति छैन ।” 

आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८२ मङ्गलवारको प्रतिनिधिसभामा निर्णयार्थ प्रश्तुत हुँदै छ ।