५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै धेरै बजेट पर्छ, अरूलाई अवहेलना गरिन्छः राप्रपा महामन्त्री राणा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै धेरै बजेट परेको बताउनुभएको छ ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकपछि नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको व्यवस्थाको कारणले नै ४/५ जना मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा बढी बजेट परेको र अरूलाई अवहेलना गरेको जिकिर गर्नुभयो ।

उहाँले सरकारले बजेट पारिदिए पनि चाहेको जति विनियोजन हुन नसकेको बताउनुभयो । उहाँले सरकार र सत्तापक्षमै भएका सांसदहरूले असन्तुष्टि प्रकट गरेको बताउँदै आफूहरूको क्षेत्रमा केही मात्रामा मात्रै बजेट पर्ने गरेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “बजेट त परेको छ तर सरकार र सत्तापक्षमै भएका सांसदहरूले असन्तुष्टि प्रकट गरिराख्नुभएको छ । हामी त प्रतिपक्षी प¥यौ । यो दुई तीन वर्षदेखि बजेटको लागि दौडिएको दौडै हो । केही मात्रामा पारिदिन्छन् । तर, उल्लेखनीय रूपमा भएको छैन । यो व्यवस्थाले नै यस्तो पारेको छ कि, ४५ जना मुख्य मुख्य नेताहरूकै निर्वाचन क्षेत्रमा धेरै बजेट पर्ने हो र अरूलाई अवहेलना गरेको पाएका छौँ । बजेट परेको छ तर चाहेको जति छैन ।” 

आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८२ मङ्गलवारको प्रतिनिधिसभामा निर्णयार्थ प्रश्तुत हुँदै छ ।