२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता

दुग्धजन्य पदार्थको मूल्यमा छुट

दुग्धजन्य पदार्थको मूल्यमा छुट
अ अ+ अ-

काठमाडौँ । बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान (डिडिसी) ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ । यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर रु २०, नौनीमा रु ८० र धुलो दूधमा रु १०  छुट दिइएको  छ ।

घ्युको खुद्रा मूल्यसँगै थोक मूल्यमा एकदेखि पाँच प्रतिशतसम्म छुट दिइएको डिडिसीका महानिर्देशक रुद्रप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार थोक मूल्य प्रतिलिटर रु ८३० का दरमा तीन सयदेखि पाँच सय लिटर घ्यु किन्दा एक प्रतिशत छुट दिइएको छ । यसैगरी पाँचदेखि एक हजार लिटरमा दुई, एक हजारदेखि तीन हजारसम्म चार, तीन हजारदेखि पाँच हजारसम्म चार र पाँच हजार लिटरदेखि माथि घ्यु किन्दा पाँच प्रतिशतसम्म छुट दिइएको छ ।

रु बीस छुट डिडिसीका बिक्री केन्द्र लैनचौर, खुमलटार, नयाँ सडक तथा आयोजना केन्द्रबाट खरीद गर्दा मात्र  पाइने जनाइएको छ । एक हजार लिटरभन्दा बढी नौनी खरीद गर्नेलाई रु ८० र धुलो दुध खरीद गर्नेलाई रु १० छुट दिइएको डिडिसीका अर्थविज्ञ अज्जन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि नौनी प्रतिलिटर रु ७८० र धुलो दूध प्रतिलिटर रु छ सय थियो ।

डिडिसीका आयोजना केन्द्र लौनचौर, बालाजु, विराटनगर, जनकपुर, ढल्केबर, हेटौडा, बुटवल, कोहलपुर, अत्तरिया र कैलालीबाट नौनी र धुलो दूध खरीद गर्दा मात्र छुट हुनेछ । यसैगरी नेपाली सेनालाई बिक्री गरिने होलमिल्क (घ्युसहितको दूध) एक हजारभन्दा बढी खरीदमा रु १० छुट दिइएको छ । यसअघि थोकमूल्य रु ७५० थियो । असार ३ गतेअघि बट्टाको घ्यु प्रतिलिटर रु ९२० तथा प्याकेटमा राखिएको घ्यु प्रतिलिटर रु नौ सयमा बिक्री गरिएको थियो ।

१२ प्रतिशतले कमी
बन्दाबन्दी केही खुकुलो भएसँगै दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा क्रमिक रुपमा सुधार हुँदै आएको महानिर्देशक पौडेलले जानकारी दिनुभयो । डिडिसीको तथ्यांकानुसार बन्दाबन्दी समयभन्दा हाल चार प्रतिशतले दूध खपतमा वृद्धि भएको तथा अन्य पदार्थको खपतमा कमी आएको छ ।
बन्दाबन्दीअघिको तुलनामा काठमाडौँ उपत्यकामा मात्र दैनिक १२ प्रतिशत दूध खपतमा कमी आएको जनाइएको छ । उहाँका अनुसार बन्दाबन्दीअघि काठमाडौँ उपत्यकामा मात्र दैनिक ८७ हजार लिटर दूध बिक्री हुँदै आएकामा आज ७६ हजार लिटर बिक्री भएको छ । दूधसँगै दही खपतमा ४० प्रतिशतले कमी आएको जनाइएको छ ।

दुई महिनादेखि भुक्तानी रोक
बन्दाबन्दी समयमा नियमित रुपमा कृषकबाट दूध सङ्कलन भए तापनि समस्या भएकाले डेरी सञ्चालकले दुई महिनादेखि भुक्तानी रोकेका छन् । सामान्यतया १५÷१५ दिनमा भुक्तानी हुँदै आए पनि डेढ महिनादेखि भुक्तानी नभएको महानिर्देशक पौडेलले जानकारी दिनुभयो । “एक महिनाको भुक्तानी बाँकी हुनुपर्ने हो तर खपतमा कमी हुँदा डेढ महिनाको रु ३० करोड भुक्तानी रोकियो, जति छिटो बिक्री हुन्छ त्यति छिटो भुक्तानी गरिनेछ”, उहाँले भन्नुभयो, “सम्भवतः १५ दिनको भुक्तानी दुईतीन दिन भित्र गरिनेछ ।”

बन्दाबन्दीका कारण दुग्धजन्य पदार्थको मौज्दातमा वृद्धि हुँदा कृषकलाई भुक्तानीमा समस्या भएको नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दुई महिनाको रु ७० करोड भुक्तानी बाँकी  छ । डिडिसी र निजी क्षेत्रबाट गरी रु एक करोड भुक्तानी बाँकी छ ।
पछिल्लो समय ४० देखि ४५ प्रतिशतसम्म दूध तथा दुग्धजन्य पदार्थको खपतमा वृद्धि भएको तथा रु पाँच अर्ब बराबरको मौज्दात सामग्री रहेको दाहालले जानकारी दिनुभयो ।