२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरी अधिकृत पक्राउ



अ+ अ-

काठमाडौं ।  ललितपुर प्रहरी परिसर, जावलाखेलमा कार्यरत एक जना प्रहरी अधिकृत पक्राउ परेका छन् । लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरी निरीक्षक रुद्र शाही  पक्राउ परेका हुन् । 

लागूऔषध नियन्त्रण ब्युरोका एक अधिकृतले शाहीलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् ।

उनले भनेका छन्, ‘हिजो पेम्सिखोलामा चलाइएको अपरेशनमा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दै जाँदा उहाँसम्म पुगेका हौं ।’

प्रहरीले बुधबार चलाएको अपरेशनमा ६ सय बोतल बढी औषधिजन्य लागूऔषध कोरेक्स बरामद भएको थियो ।