२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता

एमसीसीलाइ आम नागरिककाे विश्वासमा लिएर मात्र पारित गर्न विवेकशीलकाे माग

एमसीसीलाइ आम नागरिककाे विश्वासमा लिएर मात्र पारित गर्न विवेकशीलकाे माग
अ अ+ अ-

काठमाडाैंः विवेकशील नेपाली दलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्बन्धी सम्पूर्ण बुँदा बुँदामा संसदले प्रस्ट व्याख्या गरी नेपाल र नेपालीको हितमा भए मात्र स्पष्ट आधार सहित आम नागरिकहरूलाई विश्वासमा लिएर पारित गर्नुपर्ने जनाएको छ ।

दलले बिहीबार विज्ञप्ति जारी गर्दै एमसीसीका सन्दर्भमा सम्झौतारत दुवै पक्षको बुझाइमा एकरूपता ल्याउन संसदमा अन्तिम निर्णय हुनु अगाडि नै दुई पक्ष बीच दस्ताबेजहरूको आदानप्रदान गरेर सम्झौताका विवादास्पद बुँदाहरू २.४, ५.१, ५.३, ५.५, ६.८, ७.१, अनुसूची ५ लगायतका बुँदाहरूमा स्पस्ट आधिकारिक संस्था वा प्रतिनिधिबाट व्याख्यात्मक टिप्पणी ल्याएर मात्र दफावार छलफल चलाउन माग गरेको छ ।

दलले लोकतान्त्रिक व्यवस्थामा आधारित राज्यमा आम रूपमा तीव्र शङ्का तथा जिज्ञासाहरू उठिरहेको अवस्थामा नेपाल सरकारले तिनको व्यवहारिक सम्बोधन गर्दै राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर निर्णय गर्नुपर्ने सुझाब दिएको छ ।

विज्ञप्तिमा दलले नेपालको संविधान बमोजिम स्पष्ट परराष्ट्र नीति र सक्षम कूटनीति अनुरूप अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउनुपर्ने उल्लेख गर्दै संविधान र नेपालले विगतमा प्रतिवद्धता गरे बमोजिमको छिमेकीहरूको जायज सुरक्षा चासोलाई सम्बोधन गर्दै विश्वका कुनै पनि देशसँग आपसी समझदारी र परस्पर हित अनुकूल सम्बन्ध अगाडि बढाउनुपर्छ भनिएकाे छ । 

विगतदेखि नै नेपाललाई विभिन्न रूपमा सहयोग गर्दै आएका देशहरूसँग अझ मित्रवत् र घनिष्ठ सम्बन्ध स्थापित गर्दै विश्व शान्ति र संयुक्त राष्ट्र सङ्घको बडापत्र अनुरूप चल्न नेपाल अग्रसर हुनुपर्ने जनाएको छ ।

नेपालको विकासका सवालमा जल्दाबल्दा विषयहरू उठिरहँदा प्रस्टसँग आधिकारिक सूचना प्रवाह नभएको भन्दै दलले  आम नागरिकका आकाङ्क्षाहरूलाई पूर्ति गर्न त्यही अनुरूपको आर्थिक विकास र दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्ने जनाएको छ। 

दिगो आत्मनिर्भर अर्थतन्त्रको लागि राष्ट्रिय पुँजीको निर्माणलाई उच्च प्राथमिकता दिँदै आवश्यकता अनुरूप वैदेशिक सहयोगको निम्ति अन्तर्राष्ट्रिय सहायता परिचालन नीति, २०७६ पारदर्शी र जबाफदेही ढङ्गले लागु गरिनुपर्छ। विदेशी लगानीलाई सहज वातावरण बनाई आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नको लागि जग बसाल्नु आजको आवश्यकता रहेको दलको ठहर छ ।

यसै गरी बिवेकशिलले वैदेशिक सहायता सम्झौताहरू अब केही सीमित सरकारी अधिकारीहरूको मात्र चासोको विषय नरहेको स्पष्ट पार्दै आम नागरिकको तहमा समेत चासो र छलफल हुनु सकारात्मक भएको भन्दै  यस बहसले नेपालको समग्र अन्तर्राष्ट्रिय सम्बन्धलाई समीक्षा गरी आवश्यक परे एकीकृत नीति तथा कार्ययोजना अगाडि ल्याउनु जरुरी देखिन्छ।

संसदले पर्याप्त आधार सहित जनतालाई बुझाएर खारेज गरेको सन्दर्भमा नेपाली जनताको विकासप्रतिको आकाङ्क्षाहरूलाई सम्बोधन गर्न सरकारले अन्य वैकल्पिक व्यवस्थापनबाट भए पनि राष्ट्रिय गौरवका परियोजना समयमै सम्पन्न गर्न चुक्नु नदिन पनि दलले सुझाब दिएको छ । 

दुई पक्षीय सम्बन्ध र वैदेशिक लगानीको वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई सम्बोधन गर्न सरकारले उचित कूटनैतिक कदम चाल्नुपर्ने भन्दै   राज्यले शङ्काको भरमा भन्दा पनि यथेष्ट तथ्य र तर्कको आधारमा निर्णय लिनुपर्ने भन्दै  संसद्लाई विवेकशील नेपाली दलले ध्यानाकर्षण गराएको छ ।