१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले दाङको अध्यक्षमा बस्नेत, पाल्पामा धनेन्द्रराज घिमिरे



अ+ अ-

नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित हुनुभएको छ । उहाँ निवर्तमान उपाध्यक्ष हुनुहुन्छ ।

शुक्रबार सम्पन्न १३ औँ जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हीरादेवी पुनलाई चयन गरिएको छ । जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

पाल्पा अध्यक्षमा घिमिरे

एमाले पाल्पाको जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा तथा सुनिता शर्मा चयन हुनुभएको छ । अधिवेशनले घिमिरेको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।