२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता

यातायात व्यवसायीलाई सहुलियत दिन सरकारलाई संसदकाे निर्देशन

यातायात व्यवसायीलाई सहुलियत दिन सरकारलाई संसदकाे निर्देशन
अ अ+ अ-

काठमाडाैंः प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले सार्वजनिक यातायात व्यवसायीलाई सहुलियत दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

स्मार्ट लाइसेन्स र यातायात व्यवस्थापन सम्बन्धमा छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले कोरोना भाइरसका कारण समस्यामा परेका यातायात व्यवसायीहरुलाई राहत तथा सहुलियत उपलब्ध गराउन निर्देशन दिएको हो ।

समिति सभापति कल्याणी कुमारी खडकाले कोभिड १९ को प्रभावका कारण सिर्जित समस्याले लगानी डुब्ने खतरा बढेकोले व्यवसायीहरुलाई सहुलियत प्रदान गर्न, बैंक ऋणको पुर्नतालिकिकरण गर्न र पुर्नकर्जा उपलब्ध गराउने विषयमा नीतिगत व्यवस्था गरी कार्यान्वयन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई निर्देशन दिइएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘कोभिड १९ को प्रभावका कारण सार्वजनिक यातायात व्यवसायीको यस क्षेत्रमा गरिएको लगानीको ठूलो हिस्सा डुब्ने अवस्था सिर्जना भएकोले सम्वद्ध व्यवसायीको लगानीमा कर सहुलियत प्रदान गर्ने, बैंक ऋणको ब्याजमा पुर्नतालिकिकरण गर्ने र सवारी मर्मतका लागि सहुलियत दरमा पुर्नकर्जा प्रदान गर्ने आश्यक व्यवस्था यथाशिघ्र गर्न समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई निर्देशन गर्दछ । ’

समितिले यातायात व्यवस्था विभागमा जनशक्ति अप्रयाप्त भई कामको चापलाई समयमै सम्पन्न गर्न कठिनाई भएकाले विभागको गठन तथा व्यवस्थापन सर्भे गरी आवश्यक परिपूर्ति गर्ने कामलाई तत्काल अगाडि बढाउन समेत मन्त्रालयलाई र्दिेशन दिएको छ । यस्तै काठमाडौं उपत्यका सहित प्रमुख सहरहरुमा प्रवेश गर्ने सवारी साधनलाई धुलो मुक्त गरेर मात्र प्रवेश गर्न दिने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको सभापति खडकाले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘काठमाडौं उपत्यका सहित मुलुकका प्रमुख सहरहरुमा प्रवेश गर्ने सवारी साधनहरुको अत्याधिक मात्रामा धुलो थुपारी रहेको तथ्य सार्वजनिक भएको सन्दर्भमा त्यस्ता सवारी साधनलाई धुलो मुक्त पार्न काठमाडौं उपत्यका र प्रमुख सहरका प्रवेश नाकामा आवश्यकता अनुसार वासिङ सेन्टर स्थापना गर्ने कार्य आगामी आर्थिक वर्ष भित्र प्राथमिकतामा राखि प्रारम्भ गर्न समिति नेपाल सरकार भौतिक प्रवौधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई निर्देशन गर्दछ ।’

समितिले यातायात क्षेत्रको व्यवस्थापनमा नीतिगत स्थिरता कायम गर्न राज्यका तीनवटै तहका सरकारबीच समन्वय गरी राष्ट्रिय नीति तयार गर्न समेत निर्देशन दिएको छ । समितिका सभापति खड्काले भन्नुभयो ‘यातायात व्यवस्थापनमा नीतिगत स्थिरिता कायम गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहबीच समन्वय गरी राष्ट्रिय नीति निर्माण गर्ने वातावरण तयार गर्न समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

समितिले भारतीय सवारी साधनको निर्वाध आवतजावत र प्रयोगलाई नियमन गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै स्मार्ट लाइसेन्स, इम्बोस्ड नम्बर, जीपिएस ट्रयापिङ लगायतको व्यवस्थालाई एकीकृत सूचना प्रणालीमा जोडेर व्यवस्थापन गर्न समेत समितिले निर्देशन दिएको छ । सभापति खड्काले भन्नुभयो ‘स्मार्ट लाइसेन्स, इम्बोस्ड नम्बर, जीपिएस ट्रयापिङ लगायतका नयाँ व्यवस्थालाई एकीकृत सूचना प्रणालीमा जोडेर नियमन तथा व्यवस्थापन गर्न समिति नेपाल सरकार भौतिक तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई निर्देशन गर्दछ ।’

समितिले लाइसेन्स प्रणालीलाई प्रभावकारी र व्यवस्थित गर्न, निजी सवारी साधनको लाइसेन्स वाहकलाई सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने गरी छुट्टाछुट्टै मापदण्ड तयार गरी कर्यान्वयन गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै कोभिड १९को संक्रमणको अवस्थामा सार्वजनिक यातायात सञ्चालनको ठोस योजना बनाई कर्यान्वयन गर्न र उक्त कार्ययोजना समितिलाई उपलब्ध गराउन समेत समितिले मन्त्रालय र विभागलाई निर्देशन दिएको छ ।