• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

असार १२ शुक्ल पञ्चमी, कस्तो बित्नेछ तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल



मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । शुभ कार्यमा सफलता मिल्नेछ । व्यापारमा धनलाभ हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): लाभदायक यात्रा होला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्तिको कमी हुनेछ । स्वास्थ्यमा लाभ भने हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । आर्थिक लाभ हुने र भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आजबाट शुभ कार्यको थालनी होला । आर्थिक कारोवारमा सफलता पाइएला । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आज भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ योजना र अवसरपनि मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । हाम्रो पात्रो