६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह

१७ वर्षपछि दार्जीलिंगका बद्री, दुर्गा खरेल फेरि पलेँटीमा

१७ वर्षपछि दार्जीलिंगका बद्री, दुर्गा खरेल फेरि पलेँटीमा
अ+ अ-

काठमाडौं: हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा यस पटक दार्जिलिङ्का प्रसिद्ध साङ्गीतिक जोडी बद्री,दुर्गा खरेल प्रस्तुत हुने भएका छन् ।

 पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।

 यस महिनाको कार्यक्रमका निम्ति यस जोडीले आफ्ना सुप्रसिद्ध गीतहरूका साथै गीतकार दिनेश अधिकारीका नयाँ शब्दमा धुन भरेर ल्याएका छन् । जसलाई बद्री, दुर्गाका साथ पलेँटीकी नयाँ कण्ठ-शिल्पी अभिज्ञा घिमिरेले आफ्नो स्वरमा सजाउने छन् । यस कार्यक्रमलाई पुरानो र नयाँ पुस्ताको मिलन बिन्दूको रुपमा पनि लिन सकिन्छ ।

बद्री, दुर्गा दार्जिलिङको नेपाली साङ्गीतिक जगतमा मात्र नभएर सम्पूर्ण नेपालीभाषी श्रोता बीच स्थापित नाम हो । खासगरी यो जोडीको सृजना- ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर’ लाई नेपाली जगतले आजसम्म पनि उत्तिकै रुचाएको पाइन्छ ।

 दार्जिलिङकै स्वर-शिल्पी दावा ग्याल्मोले गाएको ‘शुभकामना खाली खाली’ पनि यही सङ्गीतकार जोडीको अर्को सृजना हो । मन बहादुर मुखियाको नाटक ‘अनि देउराली रुन्छ’को चर्चित गीत ‘सारङ्गीको तारले मेरो मनको गीत गाउछ’ दार्जिलिङमा मञ्चन हुँदा यही जोडिका दुर्गा खरेलले प्रत्यक्ष गाएका थिए । रेडियो नेपालमा रेकर्ड गर्ने मौका भने गायक कुमार सुब्बाको भागमा पर्‍यो र उनलाई नेपाली गायन जगतमा लोकप्रियता प्रदान गर्‍यो । 

 यसपालीको पलेँटी बारे कार्यक्रम संयोजक आभास भन्छन्- ‘पुराना साङ्गीतिक कर्मीहरूलाई नयाँ सृजनाका निम्ति झकझकाउनु पर्छ भन्ने उदेश्य पलेँटीले लिएको छ । त्यही भएर यसपालीको पलेँटीलाई आंशिकरुपमा गीतकार दिनेश अधिकारीसँग सङ्गीतकार बद्री, दुर्गा खरेललाई जोड्ने चाँजो मिलाएका हौं ।’

पहिलो पल्ट सन् २००८ मा पलेँटी कसेका दुर्गा खरेल भन्छन्- ‘लामो अन्तरालपछि आफ्नो साङ्गीतिक कर्मथलोमा आउन पाउँदा एकदमै आनन्दित भएका छौं । साङ्गीतिक क्षेत्रबाट फेरि ओझेल परियो कि कसो भनी सोचिरहेको बेला पाएको यो मौकाले आफ्नो सङ्गीतकर्मप्रति झन् विश्वास जगाएको छ ।’ खुसी व्यक्त गर्दै उनले हार्मोनियमका पर्दामाथि आफ्ना औंलाहरू कुदाए ।

सन् २००८ मै पहिलोखेप पलेँटीमा आएका बद्री खरेल भन्छन्- ‘पहिलोपाली पलेँटीमा आउँदा त यो कार्यक्रमका बारेमा अनभिज्ञ थियौं । फेरि लामो समय बाद यता आएका छौं । पहिले जस्तै गीत, सङ्गीतप्रेमीको माया पाउनेमा विश्वस्त छौं ।’

 पलेँटी कार्यक्रम यही जुन महिनाको अन्तिम शुक्रबार; २७ र २८ तारिख; शनिवारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आर’सालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।