• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ? ★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै ★   मेयर बालेन साहलाई अफ्ठ्यारोमा पार्ने काम भएको छ: प्रमुख सचेतक शाही

अम्मरेश्वर शिवालयका महन्तको ब्रह्मलिन



काठमाडौं । अम्मरेश्वर शिवालयका महन्त वासुदेव गिरीको निधन भएको छ । वि.सं. १९९० भाद्र कृष्ण अष्टमीका दिन वेल गिरी तथा मोती गिरीको जेष्ठ सुपुत्रको रुपमा पर्वत कुश्मामा जन्मिनुभएका गिरीको मंगलबार दिउँसो १ः३० ब्रह्मलिन हुनुभएको हो । 

उहाँ २००२ सालमा साविक पुरनचौर-३ हाल पोखरा-१९ कास्कीको खर्कडाँडाको अम्मरेश्वर शिवालयमा आउनुभएको थियो । त्यसपछि निरन्तर पूजा सञ्चालन, मन्दिरको विकास एवं संरक्षणमा लागि रहनुभएको थियो । 

उहाँ अमरेश्वर शिवालयको महन्तको रुपमा प्रसिद्ध हुनुहुन्थ्यो । उहाँको पौष २१ गते सेती गण्डकीको तटमा भू-समाधि दिइएको थियो ।