२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

अम्मरेश्वर शिवालयका महन्तको ब्रह्मलिन



अ+ अ-

काठमाडौं । अम्मरेश्वर शिवालयका महन्त वासुदेव गिरीको निधन भएको छ । वि.सं. १९९० भाद्र कृष्ण अष्टमीका दिन वेल गिरी तथा मोती गिरीको जेष्ठ सुपुत्रको रुपमा पर्वत कुश्मामा जन्मिनुभएका गिरीको मंगलबार दिउँसो १ः३० ब्रह्मलिन हुनुभएको हो । 

उहाँ २००२ सालमा साविक पुरनचौर-३ हाल पोखरा-१९ कास्कीको खर्कडाँडाको अम्मरेश्वर शिवालयमा आउनुभएको थियो । त्यसपछि निरन्तर पूजा सञ्चालन, मन्दिरको विकास एवं संरक्षणमा लागि रहनुभएको थियो । 

उहाँ अमरेश्वर शिवालयको महन्तको रुपमा प्रसिद्ध हुनुहुन्थ्यो । उहाँको पौष २१ गते सेती गण्डकीको तटमा भू-समाधि दिइएको थियो ।