• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

अम्मरेश्वर शिवालयका महन्तको ब्रह्मलिन



काठमाडौं । अम्मरेश्वर शिवालयका महन्त वासुदेव गिरीको निधन भएको छ । वि.सं. १९९० भाद्र कृष्ण अष्टमीका दिन वेल गिरी तथा मोती गिरीको जेष्ठ सुपुत्रको रुपमा पर्वत कुश्मामा जन्मिनुभएका गिरीको मंगलबार दिउँसो १ः३० ब्रह्मलिन हुनुभएको हो । 

उहाँ २००२ सालमा साविक पुरनचौर-३ हाल पोखरा-१९ कास्कीको खर्कडाँडाको अम्मरेश्वर शिवालयमा आउनुभएको थियो । त्यसपछि निरन्तर पूजा सञ्चालन, मन्दिरको विकास एवं संरक्षणमा लागि रहनुभएको थियो । 

उहाँ अमरेश्वर शिवालयको महन्तको रुपमा प्रसिद्ध हुनुहुन्थ्यो । उहाँको पौष २१ गते सेती गण्डकीको तटमा भू-समाधि दिइएको थियो ।