१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

म संघीयताको विरोधी होइन तर संघीयता नेपालमा सम्भव छैनः अध्यक्ष केसी



photo: rss
अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू संघीय प्रणालीको विरोधी नभएको बताउनुभएको छ ।

शनिवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार नगरिएको बताउनु भयो । उहाँले अहिले नेपाली जनतालाई त्यो प्रदेशको आवश्यकता नभएको बताउनु भयो । प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर विचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको उहाँको जिकिर छ । राष्ट्रको हितमा नहुने प्रणाली खारेज गर्नुपर्ने बताउनु भयो । आफू संघीय प्रणालीको विरोधी नभइ संघीयता नेपालमा सम्भव नरहको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार गरेका होइनौँ । म त्यो दुवै संविधान सभामा छु । केके भएर संविधानमा संघीयता स्वीकार गरिएको हो ? अहिले नेपाली जनतालाई त्यो प्रदेशको आवश्यकता हो ? नेपाली जनतालाई होइन, त्यो प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर विचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको थियो । अहिले ठूलो संख्या छ नेपालमा जनताको की चित्रबहादुरलाई अरु कुरा त केही छैन, कुरा मात्रै गर्छ भन्छन् । प्रदेश खारेज गर्ने कुरा ठिक छ भन्छन् । मैले भन्न मन लागेर भनेको होइन । कुनैपनि प्रणाली राष्ट्रको हितमा हुन्छ । मलाई त भन्दा भन्दा चित्रबहादुर संघीयताविरोधी हो रे । म किन हुने संघीयता विरोधी ? नेपालमा संघीयता सम्भव छैन । यसको आवश्यकता छैन भन्नु र संघीय प्रणालीको विरोध हुने एउटै कुरा हो ? यो गलत ।’

सांसद केसीले प्रदेशमा हुने खर्च स्थानीय तहलाई दिएर स्थानीय तह बलियो बनाउनुपर्ने बताउनु भयो ।