११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा यस वर्षकै सबैभन्दा बढी गर्मी



अ+ अ-

एजेन्सी । बेलायतमा यस वर्षको सबैभन्दा बढी गर्मी भएको छ । जसरकारण इङ्गल्याण्डभर एम्बर गर्मी स्वास्थ्य चेतावनी जारी गरिएको थियो ।

मौसम कार्यालयको पछिल्लो पूर्वानुमानअनुसार इङ्गल्याण्डको दक्षिणी भागको धेरैजसो भागमा बिहीवार दिउँसोसम्म तापक्रम ३१ सेल्सियस र ३२ सेल्सियसको बीचमा बढेको थियो ।

बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीले आगामी सोमवार बिहानसम्म सम्पूर्ण इङ्गल्याण्डको लागि एम्बर गर्मी स्वास्थ्य चेतावनी जारी गरेको छ । जसले स्वास्थ्य र सामाजिक हेरचाह सेवाहरूमा दबाब बढ्ने सम्भावना रहेको स्पष्ट हुन्छ । एजेन्सीले पहिले नै स्वास्थ्य अवस्था भएका र ६५ वर्षभन्दा माथिका व्यक्तिहरूमा मृत्युमा वृद्धि हुनसक्ने चेतावनी पनि दिएको छ ।

क्षेत्रीय अग्नि सेवाहरूले उच्च तापक्रमको बीचमा पानी सुरक्षाको बारेमा चेतावनी पनि जारी गरेका छन् । मौसम कार्यालयकाअनुसार हप्ता बढ्दै जाँदा तापक्रम अझ बढी बढ्नसक्छ ।