११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागु औषधसहित एकजना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्रकउ पर्नेमा महोत्तरी एकडारा ०२ घर भई हाल काठमाडौँ अजिमा हल बस्ने २० वर्षीया मनिषा ठाकुर रहेकी छन् ।

मनिषाको कोठामा लागु औषध वेचविखन भईरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट उद्धब सिंह भाटको कमाण्डमा खटीई गएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

उनीबाट ट्रमाडोल २,१५० पत्ता, ७८० पिस एम्पुल, दुई मोबाईल फोन थान र दुई लाख पच्चिस हजार आठ सय बरामद गरिएको छ ।

उनीमाथि लागू औषध सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।